Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

बाँके । बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ ।

यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको पनि छ । दुई दिनअघि नेपालगञ्जको समुदायस्तर र सरकारी तथा गैरसरकारी कार्यालयमा गरिएको परीक्षणमा कर कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी, एक मजदूर र एक मिठाइ पसलेमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

“समुदायस्तरमा र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा थप कडाइ गर्न सकिने अवस्था पनि आउन सक्छ” प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले बताए ।

लकडाउन हटेसँगैै बाँकेमा बजार, यातायात, उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय अहिले पूर्णरुपमा खुलेका छन् । सार्वजनिक ठाउँमा मनिसहरुको भिडभाड बढेको छ । यसका कारण कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम बढेको हो । कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, यहाँस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमबार कर कार्यालय नेपालगञ्जमा कार्यरत २९ वर्षीय एक सुब्बामा पनि कोरोना पुष्टि भएपछि जिल्लाका कर्मचारी क्षेत्रमा जोखिमको अवस्था बढेको छ ।

शनिबार मात्र कर कार्यालयका एक अधिकृतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने आइतबार नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका एक कर्मचारीमा पनि कोरोना देखिएको थियो । अहिले यी दुवै कार्यालयका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ भने कार्यालय बन्द गरिएको छ । सोमबार सङ्क्रमण पुष्टि भएका कर कार्यालयका सुब्बा प्यूठान मल्लरानीका स्थायी बासिन्दा हुन् ।

पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य कार्यालयले रणनीतिक योजनासहित परीक्षण प्रणालीलाई थप फराकिलो बनाएको स्रोत व्यक्ति श्रेष्ठले बताए । बाँकेमा अहिलेसम्म एक हजार ७०० पिसिआर परीक्षण गरिएकामा ४०४ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये दुई जनाको मृत्य भएको छ भने ३७२ जना उपचारपछि निको भएर घर फर्केका छन् । जिल्लाका विभिन्न क्वारेन्टिनमा अहिले ३० जनाको उपचार भइरहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy