जलेश्वर । लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त भएको जिल्लाको जलेश्वर–बर्दिवास, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत सदरमुकामलाई राजमार्ग तथा अन्य जिल्लासँग जोड्ने सबै सडकखण्ड लामो समयदेखि अवरुद्ध रहेका छन् ।
जिल्लाका प्रायः सबै सडकखण्डमा स्तरोन्नतिको काम भइरहेका बेला अबिरल वर्षा र पटक–पटकको बाढी आएर सडकमा कटान र डुबान गरेपछि सडक क्षतिग्रस्त भएर आवतजावत अवरुद्ध भएको छ । जिल्लाको एक सडक बाहेक सबै सडकखण्ड अहिले अवरुद्ध रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।
अब विस्तारै सबैतिर पसेका बाढीका पानी घटेको, नदीका बहाव कम भएको र दुई/तीन दिनदेखि घाम पनि लागिरहेका कारण ती सबै सडकखण्ड खुलाउनका लागि आवश्यक पहल गरिएको र सम्बन्धित निकायले कामकाज गर्न तयार समेत भएको उनले बताए । जिल्लाको विभिन्न भागमा पटक–पटक भएको भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा सानो सवारी साधन टेम्पु, अटोरिक्सा र मोटरसाइकल चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: