Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

बाँकेमा ११४ गाउँ बाढीको उच्च जोखिममा

बाँके । राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले जानकारी दिए।

जिल्लामा सबैभन्दा धेरै राप्तीसोनारीका नौवटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । वडा नं १ मा पर्ने सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी र तितेनघारी, वडा नं २ का मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शमशेरगञ्ज, बेलबास र राजपुर तल्लोबस्ती बाढीको उच्च जोखिममा रहेको उनले बताए । राप्तीसोनारी गाउँपालिका–३ का शाहीपुर, नवलपुर, बैसा, गर्लाबास, सिनाबास र परसरामपुर वडा नं ४ का लालपुर, धामपुर र भगवानपुर वडा नं ५ का ललही, आलीनगर, पठरिया, रिहार डाँडा र चिलहरिया पनि राप्ती नदीको उच्च जोखिममा रहेको बुढाथोकीले बताए ।

राप्तीसोनारीको ६ नं वडाका खल्लाटेपरी, गोडियनपुर्वा, वडा नं ७ का खल्ला झगडिया, वसन्तापुर, भवनियापुर, पहाडीपुर, देउपुर्वा, पिप्रहवा, गेदवा, सोनपुर पनि राप्ती नदीको उच्च जोखिममा रहेका छन् । यसैगरी वडा नं ८ का बालापुर, पेरानी र वडा नं ९ का ढकेरी र महादेवा गाउँ पनि बाढीको उच्च जोखिममा रहेका छन् ।

राप्तीसोनारी पछि दोस्रोमा नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् । नरैनापुरका बानियागाउँ, महतनिया, सुइया, वहाउँपूर्वा, कोटिया, कोदीपुर, रतेहिया, घोडदौरिया, नौसहरा, नरैनापुर, दौलतपुर, मटेहिया, जमुनाहा, भगवानपुर, निवाजीगाउँ, सोनवर्षा, कुदरबेटवा, गङ्गापुर, भोजपुर र जमुनी गाउँ बाढीको जोखिममा भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति बुढाथोकीले जानकारी दिए ।

डुडुवा गाउँपालिका–१ को पिप्रहवा, कृषि चौफेरी, पाझा, खडैचा र टेपरी, वडा नं २ को सन्तलिया, अमृतपुर्वा, भेलोरपुर्वा, दासपुर्वा, खोलमसाहा, बाबागाउँ, कैरातीपुर्वा, कोहली र वडा नंं ३ को रमपुर्वा, कटैहया, हलकारापुर्वा, लोधपुर्वा र राजापुर्वा पनि राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिममा रहेका गाउँ हुन् ।

डुडुवा गाउँपालिका–४ का खालेमसाहा र लालापुर्वा, वडा नं ५ का खजुरागौडी, लडियाघाट, सिधनिया तल्लोबस्ती, लिवाङ्गी टोल र शिवराजपुर राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिम क्षेत्रभित्र पर्दछन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले खजुरा गाउँपालिकाको वडा नं ५ र ६ का सातवटा गाउँ मानखोला र पेडारी खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरेको छ ।

वडा नं ५ र ६ का गिजरा, पुरैना, दसबिघा, आठबिघा, बाह्रबिघा, शान्तिनगर र सल्यानी टोली बाढीको उच्च जोखिममा रहेको गाउँ हुन् । खजुरा गाउँपालिका–२ को गुराँसपुर पनि बाढीको जोखिमयुक्त गाउँमा पर्दछ । कोहलपुर नगरपालिकाको वडा नं १०, ११, १२ र १४ का कालिकानगर, मुक्त कमैया टोल, चप्परगौडी र बजारटोल रोहिणी र डुडुवा खोलाको कटानका कारण जोखिममा रहेको केन्द्रले जनाएको छ ।

बैजनाथ गाउँपालिका वडा नं २, ३, ४, ५, ६, ७ र ८ वडाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, इटा नाला, जनमत टोल, छमनिया, गरही, परशरामपुर सम्झनाबजार, गुरुवागाउँ, सिंहभवानी, गरही पनि बाढीको जोखिममा रहेको केन्द्रले जारी गरेको नक्साङ्कनमा उल्लेख छ ।

जानकी गाउँपालिकाको वडा नं १ को साइगाउँ, शिवपुरी, पचपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र्रले जनाएको छ । बाढीको उच्च जोखिममा रहेका गाउँमा क्षति हुन नदिन स्थानीय तह र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले आवश्यक पूर्वतयारी गरेका छन् ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले रोहिणी र डुडुवा खोलाको कटान रोकथामको लागि नगरपालिकाले अस्थायी तटबन्धन निर्माण गरी रोक्ने कार्य गरेको बताउँदै ठूलो क्षति पु¥याउने खतरा रहेकाले उद्धार तथा राहतको पूर्वसतर्कता र तयारी गरिएको बताए । डुडुवा र रोहिणी खोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन कोहलपुर नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ ।

बाढीको उच्च जोखिममा रहेका गाउँ र ठाउँको पहिचान गरी उद्धार, राहत तथा पूर्वसूचनासहित पूर्वतयारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । “बाढीबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ, उद्धार गरिएका व्यक्तिलाई सेल्टरमा राख्ने र बाढीमा परेका व्यक्तिको उद्धारका लागि प्रयोग हुने हेलिकप्टर बस्ने हेलिप्याड निर्माण गरिएको छ”, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, “क्षति हुन नदिन सबै खालका उपाय अवलम्बन गरिएको छ ।” उनले पहाडी क्षेत्रमा भारी वर्षा भई बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोधसमेत गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy