काठमाडौँ । लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो ।
लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १०९ नमूना परीक्षण गर्दा एक हजार २७९ जनामा कोरोना पुष्टि भएको छ । लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना सङ्क्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बन्दाबन्दी खुलेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरे । कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे । पछिल्लो केही दिनदेखि लगातार कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा छ हजार ३७ नमूना परीक्षणमा २१० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
आज सबैभन्दा बढी डोटीमा ५२ सङ्क्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौँमा १४/१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा आठरआठ, धादिङ र बागलुङमा सातरसात, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा दुईरदुई तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा एकरएक सङ्क्रमित थपिएका छन् ।
मुलुकभर अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ । प्रदेश नं १ मा २२६, प्रदेश नं २ मा एक हजार ९८२, वाग्मती प्रदेशमा ४८३, गण्डकी प्रदेशमा २८८, प्रदेश नं ५ मा ४०१, कर्णाली प्रदेशमा ३०२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५२१ सक्रिय सङ्क्रमित छन् । रौतहट र कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिनमा रहनेको सङ्ख्या १४ हजार ४७१ छ ।
नेपालमा हालसम्म कूल सङ्क्रमितको ७२।७ प्रतिशत कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् । प्रदेश नं १ मा ७८९, प्रदेश नं २ मा तीन हजार १८, वाग्मती प्रदेशमा ५१८, गण्डकी प्रदेशमा एक हजार २२७, प्रदेश ५ मा तीन हजार ९१०, कर्णाली प्रदेशमा एक हजार ६८६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् । प्रदेश नं १ को भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
नेपालमा प्रति १० लाखमा १२ हजार २८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १.६ रहेको छ । हालसम्म विश्वभर एक करोड ६९ लाख १७ हजार ७१४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट छ लाख ६३ हजार ९४२ जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमणमुक्त भएर एक करोड चार लाख ४२ हजार ३८३ ‘डिस्चार्ज’ भएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: