Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

मङ्गोलियामा विद्यालयहरु सञ्चालन गर्ने घोषणा

उलान बटोर । मङ्गोलियाको सरकारले शिशु कक्षा र विद्यालयहरु सुचारु गर्ने तयारी भएको बुधबार घोषणा गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका ती संस्थाहरु आगामी सेप्टेम्बर १ देखि सञ्चालन गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

“देशका सबै शिशु कक्षा र विद्यालयहरु आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालन गर्ने निर्णयमा हामी पुगेका छौँ,” सरकारी कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । त्यसैगरी व्यावसायिक तथा सीपमूलक प्रशिक्षण र उत्पादन केन्द्रहरुका पठन पाठन भने सेप्टेम्बर १४ देखि सुचारु गरिने अधिकारीहरुको भनाइ छ ।

उनीहरुले विश्वविद्यालयका विद्यार्थीहरुलाई अक्टोबर ५ पछि मात्रै कक्षा कोठामा फर्काउने गरी तयारी भइरहेको जानकारी दिएका छन् । मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले तोकिएको मितिअनुसार पठनपाठन सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

उनले पठनपाठन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको पूर्ण सुनिश्चित गर्न र त्यसका लागि अपनाउनुपर्ने उपायहरु लागू गर्न पनि जोड दिएका छन् । अन्य कार्यालय तथा क्रियाकलापका लागि पनि उच्च सतर्कतालाई ध्यान दिन उहाँले सबैलाई आग्रह पनि गरेको जनाइएको छ ।

एशियाली यस मुलुकमा गत जनवरीदेखि नै शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापनको कार्य बन्द गरिएको थियो भने कोरोना भाइरसबाट बच्नका लागि सबै क्षेत्रमा निषेधात्मक व्यवस्थाहरु लागू गरिएको थियो ।

मङ्गोलियामा कोरोना भाइरसका कारण अहिलेसम्म २१९ जना मात्रै सङ्क्रमित भएका छन् । उनीहरु सबै विदेशबाट आएकाहरु रहेको सरकारी अधिकारीहरुको भनाइ छ । कोरोनाकै कारण मङ्गोलियामा अहिलेसम्म कसैको पनि निधन भने नभएको सरकारको दाबी छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE