काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति रु ५१ अर्ब ६१ करोड पुगेको छ । शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब रु ४५ अर्ब ८७ करोड नगद मौज्दात छ । कोषको यो तथ्याङ्क गत असार मसान्तसम्मको हो । कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले रु पाँच अर्ब ७४ करोड लगानी छ । शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो ।
अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा पाँच हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन् । धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ । राष्ट्रसङ्घबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ ।
एकै आवमा रु सात अर्ब २९ करोड वृद्धि
उक्त कोषको यथार्थ सम्पत्तिमा गत आवमा करिब रु सात अर्ब २९ करोड वृद्धि भएको छ । विसं २०७६ असार मसान्तमा उक्त कोषको यथार्थ मौज्दात रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो ।
संयुक्त राष्ट्रसङ्घबाट आउन बाँकी मध्ये करिब रु तीन अर्ब ५० करोड रकम गत आर्थिक २०७६÷७७ मा नै प्राप्त भएको थियो । राष्ट्रसङ्घको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खडा गरिएका ४३ वटा शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ११७ नेपाली सैनिकले शान्तिका लागि योगदान पु¥याइसकेका छन् ।
नेपाली सेनाले शान्ति मिसनमा लगानी गरेको तथा खटिएबापत पाउनुपर्ने करिब रु तीन अर्ब राष्ट्रसङ्घबाट अझै प्राप्त गर्न बाँकी नै थाहा भएको छ । बैँक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन ।
कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ । विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ । उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ ।
जीवनस्तरमा सुधार ल्याउन चार ‘स’ अभियान
नेपाली सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन कल्याणका खातिर कोषमार्फत शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त अभियानअन्तरगत शिक्षण संस्था र अस्पताल स्थापना, तालीम र प्रशिक्षण सञ्चालन, जीवनस्तरमा सुधार ल्याउन लघु वित्त कार्यक्रमका लागि सहुलितपूर्ण ब्याजमा कर्जा प्रवाहजस्ता कार्यक्रम अघि बढेका छन् । सेनाले कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीलाई लक्षित गरी प्रादेशिक सैनिक अस्पताल, मन्टेश्वारी विद्यालय, कृषि तालीम केन्द्र, क्यान्टिन, सहुलियतपूर्ण आवास कर्जा, जीवन बीमा, परिवार आवास र अतिथि गृह सञ्चालन गरेको छ ।
बहालवाला तथा अवकाश प्राप्त सैनिक र उनका परिवारसमेत गरी कल्याणकारी कोषबाट सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या करिब आठ लाख ५० हजार रहेको कल्याणकारी योजना निर्देशनालयले जानकारी दिएको छ । कल्याणकारी कोषले मूलधनबाट प्राप्त हुने ब्याजको ठूलो हिस्साको रकम हिताधिकारीको स्वास्थ्य र शिक्षामा खर्च गर्दै आएको जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: