Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

प्रधानमन्त्रीले विधि मिचेर हठात् प्रधानन्यायाधीशको प्रस्ताव ल्याउनुभयोः अध्यक्ष दाहाल

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्‌मा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले लिखित असहमति राखेका छन् ।

प्रधानमन्त्रीले क्षमता र योग्यताका हिसाबले शर्मालाई नियुक्त गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावले प्रधानन्यायाधीश नियुक्तिको परम्परा र वरिष्ठताक्रम मिचिएको भन्दै उनीहरूले फरक मत राखेका हुन् ।

‘प्रतिपक्षी र राष्ट्रिय सभाको अध्यक्षको रुपमा हाम्रो फरक मत रह्यो,’ राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अनलाइनखबरसँग भने,’विधि प्रक्रिया मिचेर हठात् प्रस्ताव आएकाले सहमति जनाउन सकिएन ।’

प्रधानमन्त्रीले न्याय सम्पादन मात्र भनेर भएन न्याय सम्पादन र विज्ञका हिसाबले शर्मालाई प्रस्ताव गरिएको भन्दै दलिल पेश गरेका थिए । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...

सात वर्ष लगाएर बनेको देवघाटको शवदाह गृह आफैं ‘बेवारिसे’

चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...

भारतमा चार वर्षपछि इन्धन महँगियो, नेपालमा भने ‘बानी परिसक्यो’

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...

अनुभवी खेलाडीसहित बेल्जियमको विश्वकप टोली घोषणा, लुकाकुमाथि सबैको नजर

काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्।  बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...

मैले सदन चलाउन सकिनँ भन्ने हल्ला गलत होः उपसभामुख ठाकुर

काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...

इनड्राइभ बन्यो विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर...

६९ जना कन्सल्टेन्सी सञ्चालक प्रहरीको नियन्त्रणमा

ठगीमा परेका नागरिकलाई सम्पर्क गर्न आग्रह

गौतम अडानीमाथि अमेरिकाले किन लगायो १ करोड ८० लाख अमेरिकी डलरको जरिवाना ?

काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी देवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending