काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहिरिन थालेको छ ।
राधास्वामी सत्संग व्यास आश्रम परिसरमा बनाइएको होल्डिङ सेल्टरमा अहिले मिडियालाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ । गेटमा सुरक्षाकर्मी तैनाथ छन् भने भित्र बस्नेहरूलाई समेत कडा निगरानीमा राखिएको बताइन्छ ।
सेल्टरभित्र बसिरहेका केही सुकुम्बासीका अनुसार त्यहाँको बसाइ ‘अस्थायी आश्रय’भन्दा बढी ‘बन्दीगृह’जस्तो बन्न थालेको छ । स्वतन्त्र रूपमा काम गरेर खाने मानिसलाई एकै ठाउँमा सीमित गरिँदा परिवारभित्रै तनाव र झगडा बढ्न थालेको उनीहरूको भनाइ छ ।
एक महिलाले आफ्नो पीडा सुनाउँदै भनिन्, “झुपडी भए पनि आफ्नै घर थियो । यहाँ आएपछि परिवारभित्रै झगडा सुरु भएको छ ।”
उनका अनुसार, वर्षौँअघि सस्तोमा जग्गा किन्न सकिने बेला “सुकुम्बासीलाई नापी हुन्छ” भन्ने आशामा बस्ती नछोड्दा आज यस्तो हालत आएको भन्दै श्रीमान–श्रीमती र दाजुभाइबीच दोषारोपण हुन थालेको छ ।
सेल्टरभित्र बसाइ, खानपिन र स्वतन्त्रतामाथिको नियन्त्रणले धेरैलाई उकुसमुकुस भएको सुरक्षाकर्मीहरू स्वयं स्वीकार गर्छन् । चुरोट, सुर्ती वा मदिराको लत भएका व्यक्तिलाई अझ बढी समस्या भइरहेको उनीहरूको भनाइ छ ।
सुरक्षाकर्मीका अनुसार मिडियासँग बोल्ने वा नबोल्ने विषयमै सेल्टरभित्र झगडा हुने गरेको छ । केहीले आफ्नो समस्या बाहिर ल्याउन चाहिरहेका छन् भने अर्को पक्ष गोपनीयता भंग भएको भन्दै आक्रोशित छ ।
पत्रकारलाई प्रवेश रोक्नुको कारण पनि यही भएको सुरक्षा पक्षको दाबी छ । उनीहरूका अनुसार केही सञ्चारमाध्यमले संवेदनशील दृश्य र व्यक्तिगत अवस्था जथाभाबी सार्वजनिक गरेपछि कडाइ गर्नुपरेको हो ।
तर सेल्टरभित्र रहेका नागरिक भने सरकारले आफूहरूलाई “खोलाबाट उठाएर अर्को बन्द कोठामा थुनेको” महसुस गरिरहेका छन् ।
“हामीलाई भोकै राखिएको छैन, तर बच्चा, बिरामी र मजदुरी गर्ने सबैलाई एउटै खाना दिइन्छ,” एक महिलाले भनिन्, “घर गुमाएको पीडामाथि अब परिवार नै टुट्ने अवस्था आएको छ ।”
सरकारले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउँदा अहिले अस्थायी सेल्टरभित्र मानवीय संकट गहिरिँदै गएको देखिन्छ । बाहिरबाट ‘व्यवस्थापन’ जस्तो देखिए पनि भित्र बस्नेहरूका लागि त्यो बसाइ दिनप्रतिदिन मानसिक दबाब र असहजताको कारण बनिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:४३
काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहि...
बैशाख २४ गते, २०८३ - १९:४१
काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।...
बैशाख २४ गते, २०८३ - १९:३९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्मा राष्ट्रिय सभाका...
बैशाख २४ गते, २०८३ - ०८:५२
खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...
बैशाख २४ गते, २०८३ - ०८:५०
दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...
बैशाख २४ गते, २०८३ - ०८:४७
म्याग्दी । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...
बैशाख २४ गते, २०८३ - ०८:४६
काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...
बैशाख २४ गते, २०८३ - ०८:४१
गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...
बैशाख २४ गते, २०८३ - ०८:२१
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...
बैशाख २४ गते, २०८३ - ०८:१२
काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...


प्रतिकृया लेख्नुहोस्: