काठमाडौं । गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो- कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर भागे ।’ झोलामा दुई थान चाइनिज पेस्तोलसमेत रहेको पुष्टि भयो ।
आजको राजधानी दैनिकमा खबर छ - तर, सूचना पाएर पिछा गर्दै जाँदा सुन फ्याँकेर भाग्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिन सकेन । जबकि ठूलो परिमाणमा सुन जस्तै देखिने पदार्थ फ्याँकेर हिँड्ने सवारी साधनलाई प्रहरीले आफ्नो मातहतलाई खबर गरेर तत्कालै पक्राउ गर्न सकेन ।
सुन जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएर हतार हतार पत्रकार सम्मेलन डाकेको महानगरीय प्रहरी परिसर काठमाडौंले अन्त्यमा भेटिएकामध्ये साढे १४ किलो सुन नक्कली रहेको र त्यसमा आधा किलो मात्रै सक्कली सुन भएको पुष्टि गर्याे । त्यस बखत गाडीमा आएकाहरू प्रहरीको चेकिङ देखेर गाडीबाट झोला फ्याँकेर भागेको प्रहरीले भनेको थियो । तर, बिहीबारसम्म आइपुग्दा प्रहरीले भनेको घटनास्थल नै गलत भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
‘कमलादीमा झोला फ्याँकेर गाडी भाग्यो भन्ने थियो तर अहिले सुन जस्तो पदार्थ कमलादीमा नभएर सुन्धारामा गाडीबाट फ्याँकेर भागेको देखियो,’ ती प्रहरी अधिकारीले भने । प्रहरी स्रोतका अनुसार घटनास्थलको मुचुल्कामा प्रहरीले झोला फ्याँकिएको स्थान सुन्धारा क्षेत्रलाई मानेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने प्रहरी अनुसन्धानमा क्राइम सिनलाई नै खोजेर अनुसन्धान गरिने बताउँछन् ।
‘अनुसन्धानका क्रममा घटना सुरु भएको र अन्त्य भएको स्थानसम्मको क्राइम सिन हेरिन्छ, त्यस क्रममा घटनास्थल फरक भएको हुन सक्छ, थप अनुसन्धान हुँदै छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख पोखरेलले राजधानीसँग भने ।
प्रहरीले बिहीबार दिउँसो सुन फ्याँकेर भागेको स्कार्पियोलाई ललितपुर नख्खिपोटबाट फेला पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले बा६च ५५१९ नम्बरको सो स्कार्पियो ललितपुर नख्खिपोटको बन्दै गरेको एक घरमा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए ।
स्रोतका अनुसार सो स्कार्पियो इनसाद हुसेन अन्सारी र कुल्साद बेगमको नाममा रहेको प्रहरी स्रोतले बताएको छ । तर, सोबारे प्रहरीले आधिकारिक रूपमा खुलाएको छैन । प्रहरीले बिहीबार नै सुन जस्तै देखिने पदार्थ फ्याँकेर भाग्ने तीन जनालाई समेत पक्राउ गरेको छ । उनीहरू पूर्वी नवलपरासीबाट पक्राउ परेको प्रहरीले बताएको हो । पक्राउ पर्नेमा गाडीसँगै फरार भएका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: