Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यसरी फेरियाे पूर्वलडाकू कुँवरको परिचय

गलकोट । भनिन्छ– ‘सङ्घर्षले मानिसलाई जीवन जिउन सिकाउँछ ।’ बागलुङ गलकोटका सूर्य कुँवरले सानै उमेरमा सङ्र्घष रोजे । त्यसैले होला ३० वर्षीय कुँवरको जीवनमा ठूलै उतार चढाव आइसकेको छ । तर गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर जस्तोसुकै दुःखमा पनि विचलित भएनन् । न्याय र समानताको लडाइँ लड्ने भन्दै १४ वर्षकै उमेरमा दुदिलाभाटीको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कुँवर तत्कालीन माओवादीद्वारा शुरु सशस्त्र द्वन्द्वमा होमिए । सबैको समान आर्थिक हैसियत र सामाजिक न्याय हुने भनिएपछि कुँवरको मनमा पनि विद्रोहको भाव ल्याइदियो । यसकारण उनी नयाँ क्रान्तिका लागि जङ्गल छिरे । तत्कालीन नेकपा माओवादीमा सक्रिय भएर जनुयद्व लडेका कुँवर जनमुक्ति सेनामा सक्रिय भए ।

धेरै स्थानमा भएको आक्रमणका क्रममा उनी एक योद्धाको रुपमा मैदानमा उत्रिएका थिए । युद्वका सुखद, दुःखद र सङ्घर्षका अनेक पाटाहरु अहिले पनि उनको सम्झनामा छन् । त्यसताका एक योद्धा बनेर हतियार चलाएका कुँवरका हात अहिले आफ्नै गाउँघरको कृषि कर्ममा समर्पित छन् । प्रायः पुराना दुःखका कहानी कसैलाई सुनाउन नपरे हुन्थ्यो भन्ने लाग्छ उनलाई । त्यसैले उनी ती विगतका कहानी विर्सने प्रयासमा छन्। “हामीलाई सानै उमेरमा न्याय र समानताको सिद्धान्त रटाइयो, बुर्जुवा शिक्षाको अन्त्य गरी व्यावहारिक शिक्षा ल्याउनुपर्छ भनियो” कुँवरले पुराना दिनहरु सम्झँदै भने “समानताका लागि जनयुद्धमा होमिएको म पछि आफैँ अपहेलित भएर निस्कनु पर्यो, त्यसैले पनि ती पुराना दिन सम्झिन म चाहन्नँ ।”

विसं २०६२÷०६३ को जनआन्दोलन पश्चात माओवादी शान्ति प्रक्रियामा आइसकेपछि क्यान्टोनमेन्टमै एसएलसी पास गरेका कुँवरको उच्च शिक्षा पढ्ने सपनासमेत अुधरै रह्यो । सेना समायोजनको समयमा जनमुक्ति सेनामा रहेका कुँवरलाई उमेर नपुगेको भन्दै ‘अयोग्य लडाकु’ घोषणा गरियो । जातीय, वर्गीय, लैंगिक, आर्थिकलगायत सबै किसिमको समानता रहने राज्यको परिकल्पना थियो कुवँरको मनमा । तर ज्यानको बाजी लगाएर होमिएका उनको सपना सात वर्षमै तुहियो । समय क्रमले झनभन्दा झन पछि परेको महसुस उनलाई भयो ।

“सानै उमेरमा कैयौँ सपना बाँडेर जनयुद्धमा सामेल गराएको माओवादीले अयोग्यको बिल्ला भिराउदै रु १० हजार दिएर बिदाइ गर्यो” जीवनकै नमिठो अनुभव भएको कुँवरले सुनाए “हिम्मत हारिन, शिर ठाडो बनाएर गाउँ फर्किएँ, तर लगानीको समस्या भो । अनि कृषिमा लगानीको जोहो गर्न परदेश भासिएँ ।” दिइएको रु १० हजारसमेत नलिने भन्दै उनले तत्कालै फिर्ता गरेर गाउँ फर्केको बताए । उनलाई अब समाजमै घुलमिल हुन आफ्नो मनले नै प्रेरित गर्यो र गाउँ फर्कए ।

द्वन्द्वमा होमिदा यसरी परदेश भासिनुपर्ला भन्ने कल्पना सम्म नगरेको कुँवर बताउछन् । तर परदेशिनुको विकल्प नभएपछि अनुभव उनले सुनाए । अयोग्यको बिल्ला मेट्नै भए पनि विदेशिएको उनको तर्क छ ।

उनी छ वर्ष मलेसिया बसेर स्वदेश फर्कनुभयो र अहिले पुनः गाउँ फर्किएर व्यावसायिक कृषि कर्ममा सक्रिय भएका छन् । तीस वर्षको उमेरमा अनेकौ दुःख कष्ट भोगेका कुँवरले दुदिलाभाटीको भाटी बजारमा डेढ वर्ष अघि पाँच रोपनी जग्गा खरिद गरी एकिकृत अमृता सनसाइन कृषि फर्म सञ्चालनमा ल्याएका छन् । उनको फर्ममा दुई हजार सिल्भर, कमन र ग्रास जातका माछा र तीन हजार रेन्बो ट्राउट माछा, कुखुरा पालन शुरु गरेका छन् । उनले फर्ममा १० बङ्गुर र मिश्रित कृषि खेती गर्दै आएका छन् । उनको फर्ममा एक ग्रिन हाउस र दुई टनेल रहेका छन् । टनेलमा गोलभेडा, ब्रोकाउली, बन्दा लगायतका बेमौसमी र मौसमी तरकारी लटरम्म छन् । अयोग्यको बिल्ला मेटाउनका लागि र लगानीको जोहो गर्न विदेशिएका कुँवरलाई मलेसियामा कृषि कर्मले झनै कृषिको अनुभव सिकायो ।

“मलेसियामा छ वर्ष कृषि कर्ममै बिताएँ र धेरै कुरा सिक्ने मौका पनि पाएँ”, उनले भने “विदेशमा सँगालेको अनुभव र सीपलाई स्वदेशमै प्रयोग गर्ने अठोटका साथ कृषि कर्ममा लागेको हुँ ।” फर्मका लागि जग्गा खरिद तथा पूर्वाधार निर्माणका लागि झण्डै ६० लाख लगानी गरिसकेका युवा व्यवसायी कुँवरले फर्म नजिकै रिसोर्ट खोल्ने योजना रहेको बताए ।

उनले उत्पादन गरेको बङ्गुर तथा तरकारी गलकोट नगरपालिकाको सदरमुकाम हटिया बजारमा खपत हुने गरेको छ भने माछा उत्पादनको परीक्षणमै छन् । उत्पादन गर्न सके बजारको समस्या नभएको भन्दै कुँवरले आफूले उत्पादन गर्दै आएको तरकारी र मासु होलसेलमा बिक्री गर्ने गरेको जानकारी दिए।

मलेसियाकै प्रविधिमा आफूले एकीकृत खेती गर्दा पूर्वाधार निर्माणमा खर्च धेरै लाग्ने गरेको उनको अनुभव छ । एकीकृत खेती प्रणलीमा शुरुमा बढी लगानी लागे पनि दीर्घकालीन रुपमा आफूलाई फाइदा र सहज भएको उनको अनुभव छ । कृषिमा आधुनिक प्रविधि भित्र्याउने योजनाअनुसार दीर्घकालीन सोच राखेर लगानी गरेको र लगानी क्रमशः बढाउँदै जाने उनको योजना छ । “मिश्रित खेती प्रणाली मेरो प्रमुख उद्देश्य हो, एउटै फर्ममा सबै प्रकारका मासुजन्य तथा तरकारी उत्पादन गर्ने हो” उनले पुराना दिन स्मरण गर्दै भने, “अयोग्य लडाकु भएर गाउँमा आउँदा समाजमा अपहेलित भएर विदेशिएको मलाई अहिले सबैले उत्साह, प्रशंसा र सल्लाह सुझाव दिँदै आएका छन् ।”

अयोग्य भएर आउँदा समाजमा घुलमिल हुन निकै समस्या भएका कुँवरले व्यावसायिक कृषि पेशा अँगालेपछि सहज भएको उनको अनुभव छ । उनले ३० वर्षको उमेरमा धेरै हण्डर खाए पनि अब जीवन सहज हुने उनको अपेक्षा छ ।

विदेशमा कमाएको रु ४० लाखले कृषि व्यवसाय शुरु गरेको भन्दै उहाँले केही ऋण गरेर लगानी गर्दै आए पनि उत्पादन गरेको तरकारी र मासुले बजार पाउँदा खुशी भएको बताए । “माछापालन परीक्षणमै छ, एकै पटक पाँच हजार माछा उत्पादन गर्दा राम्रै आम्दानी हुन्छ भन्ने आशामा छु”, कुँवरले भने, “परिवारको राम्रै साथ र सहयोग छ, अवश्य पनि सफल हुनेछु ।” कुँवरले हालसम्म तरकारी र बङ्गुरपालनबाट रु पाँच लाखभन्दा बढी आम्दानीसमेत गरिसकेका छन् । कुँवरलाई व्यवसायमा श्रीमती अमृता कुँवरले सघाउछन् ।

गाउँमै कृषि व्यवसाय गर्दै आएका श्रीमानलाई कृषि कर्ममा अभिप्रेरित र सक्दो काममा सघाउदै आएको श्रीमती अमृताले बताइन् । “उनले विदेशमा पनि कृषि कर्ममा नै सात वर्ष विताउनुभयो” श्रीमती अमृताले भनिन्, ‘‘जीवन चलाउनलाई आफ्नै पेशा गर्न उत्तम भन्ने लागेर परिवारकै सल्लाहमा व्यावसायिक कृषि पेशा अँगालेका हौँ ।” सानै उमेरमा घर छोडेको छोरा गाउँमै कृषि कर्ममा रमाउँदा सबैले उनलाई उदाहरणीय पात्रको रुपमा लिने गरेको श्रीमती अमृताको भनाई छ । उनले सँगै परिवारको साथमा रहेर कृषि कर्म गर्दा आम्दानीका साथै पारिवारिक रुपमा सन्तुष्टि हुने गरेको बताइन् ।

न्याय, समानता र समृद्धिका लागि जनयुद्धमा होमिएर पनि २०६५ सालमा रित्तो हात घर फर्किएका कुँवर पुनः सात वर्ष मलेसिया बसाई पछि घर फर्किए । कृषि र मासुमा गलकोट नगरपालिका र बागलुङ जिल्ला नै आत्मनिर्भर हुने गरी ठूलो परिमाणमा आधुनिक खेती प्रणाली विस्तार गर्ने सपना र सोच रहेको उनले बताए । कृषिमा आत्मनिर्भरता खोज्न लागिपरेका युवाहरुलाई आफूले प्रेरित गर्ने खालको वातावरण मिलाएको गलकोट नगरपालिका–१ दुदिलाभाटीका अध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए । उनले कुँवरजस्तै आफ्नो वडामा भएको आधा दर्जन व्यावसायिक कृषकलाई सक्दो सहयोग गर्दै आएको जानकारी दिए ।

“उनको व्यवसाय शुरुआती चरणमै छ, भर्खरै प्रतिफल दिन थालेको छ”, बुढाथोकीले भने “शुरुमा गाउँ छोडेर पलायन भएका युवाहरु, गाउँमै फर्केर कृषि कर्ममा लाग्नु उदारणीय हो, अनुदान तथा प्राविधिक रुपमा सहयोग गरिरहेका छौँ ।” बुढाथोकीका अनुसार सूर्य कुँवरको फर्मलाई गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र पर्वतबाट रु तीन लाख ३० हजार, गलकोट नगरपालिकाको तर्फवाट रु दुई लाख ५० हजार र वडा कार्यालयले समेत सक्दो सहयोग गर्दै आएको छ । ऊर्जाशील युवाले गर्दा नै गलकोट नगरपालिकाले पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुने लक्ष्य राखेको र यसका लागि सहयोग पुग्ने पनि उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy