Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

अबको केहि दिन लगातारको झरी नहुने, वैशाखयता कहाँ के भयो ?(विवरणसहित)

काठमाडौं । अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ । छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ । यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ ।

जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको जनाएको छ । तर बेलाबेलामा सामान्यदेखि चर्को घाम पनि लाग्छ । अबको तीन दिन विगतमा जस्तो लगातारको झरी भने नहुने विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा पहिराको जोखिम बढी हुन्छ । खण्डखण्डमा भारी वर्षा हुँदा केही ठाउँमा पहिरो खसेर जनधनको क्षति गराएको छ ।

उनले अहिले मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिण सरे पनि नेपाल नजिक नै रहेको बताए । भोलि र पर्सी अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ । देशका अधिकांश क्षेत्रमा बेलाबेलामा घाम लाग्ने र मध्यमखालको वर्षा हुने अर्यालले जानकारी दिए । प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ । आजभन्दा भोलि र पर्सी भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने अर्यालले बताए । यसअघि असार २५ देखि ३० गते र साउन ४ देखि ६ गतेसम्म लगातार वर्षा भएको थियो । उक्त वर्षापछि आएको बाढी, पहिरो र डुवानले मुलुकका अधिकाँश क्षेत्र प्रभावित बनाएको थियो ।

यस्तै साउनको १२ देखि १६ सम्म पश्चिम क्षेत्रमा बढी वर्षा भयो, तर विगतको जस्तो लगातार वर्षा हुन पाएन । तैपनि केही स्थानमा पहिरो खसेर मानिसको मृत्यु भएको छ भने केही हराइरहेका छन् । उद्धारको काम जारी छ । अबको तीन दिन भने त्योभन्दा केही कम वर्षा हुने जनाइएको छ । केही ठाउँमा भारी वर्षा हुने अनुमान छ । “पहिलेको जस्तो लगातार रुपमा वर्षा हुने देखिँदैन, खण्डखण्डमा वर्षा हुन्छ”, अर्यालले रासससँग भन्नुभयो, “छोटो समयमा केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ ।” आजको तुलनामा भोलि र पर्सी तराईको क्षेत्रका एक÷दुई स्थानमा बढी वर्षा हुने जनाइएको छ ।

विगत १० वर्षको तुलनामा यस वर्ष पहिराले धेरै मानिसको ज्यान लिएको छ । भेलपहिरो खसेर बढी क्षति पु¥याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। प्राप्त विवरणअनुसार गत वैशाखयता पहिरोबाट १५६ जनाको मृत्यु भइसकेको छ भने ४५ जना बेपत्ता छन् । बाढीबाट छ जनाको मृत्यु १३ जना बेपत्ता भएका र चट्याङबाट ४७ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङबाट वैशाखयता २०९ जनाको मृत्यु, ५८ बेपत्ता र २९९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३० पछि डेढ महिनाको अवधिमा पहिरोमा परेर मात्रै १५४ को मृत्यु भएको छ ।

प्राधिकरणका प्रमखु अनिल पोखरेलले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने, जोखिम कम गर्ने र विपद्का घटना भएमा क्षति कम गर्ने गरी आवश्यक समन्वयमा काम भइरहेको बताउनुभयो । उहाँका अनुसार राहत र उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोलीसहित सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकाय सक्रिय रहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE