काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२.७८ अङ्कले घटेर एक हजार ३९६.७८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.१९ ले घटेर २९२.७७ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूूल १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर रु एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ मूल्यमा खरिद बिक्री भए ।
आज कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४१.४८, व्यापार १६.७, होटल ७१.४३, विकास बैंक ५४.४, जलविद्युत् १४.४१, वित्त १४.२५, निर्जीवन बीमा २३१.६६, उत्पादन ६६.६२, अन्य १२.२६, लघुवित्त ७४.७७, जीवन बीमा २८३ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।
कारोवारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु २२ करोड ६५ लाख १७ हजार ७५ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ५६ लाख ८२ हजार ५४३, एनएमबी बैंक रु आठ करोड ४१ लाख ७२ हजार ८६५, हिमालयन डिस्टिलरी रु सात करोड ३५ लाख १२ हजार २५६, एनआइसी एशिया बैंक रु छ करोड ९९ लाख २६ हजार ३५०, र शिखर इन्स्योरेन्स कम्पनीको रु छ करोड ४१ लाख चार हजार १५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा आज चौतारी लघुवित्त ९.९८, अजोड इन्स्योरेन्स ९.९७, नेपाल फाइनान्स ९.६३, छ्याङदी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, जोशी हाइड्रो पावर ९.७२, ओरियन्टल होटल ७.८८, हिमालन ऊर्जा ७.८४, खानीखोला हाइड्रोपावर ७.२७, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ६.४९ प्रतिशतले कमाए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: