काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै महानगर क्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य संस्थाले आगामी दिनमा दर्ता, नवीकरण, स्तरोन्नति र सञ्चालनका लागि कामपाबाटै अनिवार्य अनुमति लिनुपर्ने भएको छ ।
स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान गर्ने प्रक्रियालाई सरल, सहज, व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले कार्यविधि ल्याइएको महानगरपालिकाले जनाएको छ । कार्यविधिलाई महानगरको ५०औँ नगर कार्यपालिका बैठकले पास गरेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
यस अघिसम्म महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका यस्ता संस्थाको दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि अनुमति जिल्ला जनस्वाथ्य कार्यालयबाट लिनुपर्ने व्यवस्था थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा २ को खण्ड ९झ०ले दिएको अधिकारका आधारमा यस्तो कार्यविधि ल्याइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका क्षेत्रभित्र आधिकारिक रुपमा दर्ता भएका संस्थाको सङ्ख्या एक हजारभन्दा बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी गराएको छ । नागरिकलाई सर्वसुलभ एवं गुणस्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि प्रचलित कानूनबमोजिम सरकारी, निजी, सामुदायिक, गैरसरकारी वा सहकारीस्तरबाट स्थापना हुने स्वास्थ्य संस्थाको सेवा विस्तार, स्तरवृद्धि र स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने नियमलाई समेटेर कार्यविधि ल्याइएको हो ।
महानगरपालिका कानून महाशाखाका प्रमुख वसन्त आचार्यले भने, “यो कार्यविधिअनुसार २५ श्ययासम्मका अस्पताल, आयुर्वेद अस्पताल, गैरसरकारी अस्पताल, डाइग्नोस्टिक सेन्टर, निजी अस्पताल वा नर्सिङहोम लगायतको स्थापना, सेवा विस्तार वा स्तरोन्नतिका लागि महानगरपालिकाबाट अनिवार्य रुपमा अुनमति लिनुपर्ने हुन्छ ।”
महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार महानगरपालिका क्षेत्रभित्रका स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक, पोषण केन्द्र, घरैमा दिइने स्वास्थ्य सेवाका लागि पनि अनिवार्य अनुमति लिनुपर्ने हुन्छ ।
अनुमति लिएका स्वास्थ्य संस्थाले आफ्नो उद्देश्य र क्षमताअनुसार आकस्मिक सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, निदानात्मक सेवा (प्रयोगशाला, रेडियोइमेजिङ समेत), शल्यक्रिया, सघन उपचार सेवा र सञ्चालन गर्न पाउनेछन ।
कार्यविधिमा अस्पतालको पूर्वाधार मापदण्ड उल्लेख गरिएको छ । मापदण्डअनुसार अस्पताल रहने स्थानमा धुवाँ, धुलो, ध्वनि, जल तथा जमीन प्रदूषणबाट मुक्त भएको, सुरक्षाको व्यवस्था भएको, सडक, पानी, बिजुली, सञ्चार सुविधा, पर्याप्त पार्किङ, हरियालीयुक्त वातावरण, फोहोरमैलाको व्यवस्थापनलगायत हुनुपर्ने छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: