Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

विद्युत् प्राधिकरणको चरम लापर्वाहीः सेवाग्राही जोखिममा

भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको उत्तरतर्फको झ्याल बाहिर सेवाग्राहीको भीड देखिन्छ ।

एकातिर पानी पर्ने मौसममा ओत लाग्ने ठाउँ छैन, अर्कोतिर फाराम भर्न सहज हुने कुनै टेबुल छैन । कोरोनाको कहरमा सुरक्षाका लागि सहज हात धुने व्यवस्था होस् वा स्यानेटाइजरको सहज व्यवस्था छैन ।

नयाँ मिटरका लागि फाराम लिने, भर्ने र बुझाउन सेवाग्राहीको भीड रहेको उत्तरतर्फको झ्याल अगाडि नै विद्युत् प्रवाह भएको हाइटेन्सन लाइनको ठूलाठूला खम्बा र ट्रान्समिटर, जहाँ ठूला अक्षरले खतरा भनेर लेखिएको बोर्ड छ, ठीक त्यसैको तल घाँस र भिरालो जमिनमा सेवाग्राहीको भीड छ ।

जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा समितिका प्रमुख नवराज गेलालको नेतृत्वमा गएको अनुगमन टोलीले देखेको नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको यो चरम लापर्वाहीको दृश्य हो ।

प्राधिकरणले खतरा लेखेको खम्बामुनि नै उभिएर सेवाग्राहीले नयाँ मिटरको फाराम लिने, भर्ने र बुझाउने गरेका छन् । फाराम भर्दा नबुझेको कुरा सोधपुछ गर्न प्राधिकरणले कुनै कर्मचारीको व्यवस्था गरेको छैन । “फाराम भरेको मिलेन भने केरमेट गर्न पाइँदैन, नुबेझेको सोध्ने छैन, फराम केरमेट भए कर्मचारीले अर्को फाराम भिडाउने गरेका छन्”, सेवाग्राहीको गुनासो छ ।

नयाँ मिटरका लागि निवेदन दिन आएका भातेढिकुरका हिमाङ तामाङले अघिल्लो दिन फाराम लिन २ बजे आउँदा काउण्टर बन्द भएपछि आज ११ बजे आएको बताए। उनले भने, “हिजो आउँदा बन्द भयो भनेर फर्काइयो, आज ११ बजे नै आए । रु ५५ मा फाराम किनेर भरे पनि बिग्रेपछि अर्को फाराम किन्नुपर्ने रैछ, नबुझेको सोध्ने मान्छे छैन, पानी पर्दा बस्ने प्रतीक्षालय छैन, माथि हे¥यो डरलाग्दो खतरा लेखेको खम्बा छ, त्यहीमुनि टुक्रुक्क बसेर घुँडामा राखेर फाराम भरेर बुझाउनु पर्छ ।”

अर्का सेवाग्राही शर्मिला थापाले भनिन्, “फाराम लिने र भर्ने ठाउँमा एकातिर भीडले कोरोना सर्ला भन्ने डर भएको र अर्कोतर्फ पानी पर्दा हाइटेन्सन लाइनको करेन्ट लिक भएर सबैलाई करेन्ट लाग्ला भन्ने डर छ, खै यो प्राधिकरणले यति व्यवस्था पनि गर्न सकेन ।”

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिसस प्रशासकीय प्रमुख, जिसस सदस्य र पत्रकारको टोलीले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा विद्युत् प्राधिकरणले चरम लापर्वाही गरेको पाइएको जिसस प्रम्ख गेलालले बताए । सेवाग्राहीले देख्ने गरी नागरिक वडापत्र राख्नुपर्नेमा कार्यालयमा नागरिक वडापत्र छैन । नयाँ मिटर जडान गर्न सेवाग्राहीले निकै कुर्नुपर्छ । निवेदन आएको तीन दिनमा नयाँ मिटर दिन्छौँ भन्ने कार्यालय प्रमुख राजकुमार रमणले दाबी गरे पनि अनुगमनका क्रममा १० दिनमा पनि नयाँ मिटर जडान गर्न नसकेको र मिटर जडान गर्न घुस खुवाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

भक्तपुरमा भएको व्यापक चुहावट रोक्दै सात प्रतिशतमा झार्न सफल भएको कार्यालय प्रमुख रमणको दाबी छ । चुहावट रोक्दा रु एक करोड ४० लाख राजस्व सङकलन गरेको बताउँदै उनले मिटर जडानमा घुस खाएको पाइए कारवाही गर्ने बताए।

विद्युत्को पोल सार्न निकै समस्या र महँगो हुने गरेको जनताको गुनासो प्रमुख गेलालले राख्नुभयो । एउटा पोल सार्दा प्राधिकरणले चार लाखसम्म लिने गरेको तर त्यही पोल स्थानीय तहले सार्दा ५० देखि ७० हजारमा सकिनेबारे राखेको जिज्ञासामा कार्यालयका प्रमुख रमणले प्राधिकरणको ज्याला नै महँगो हुने गरेको बताउनुभयो । पोल सार्न स्थानीय तहले एक जना ज्यामीको रु एक हजारमा काम लगाउने गरेको तर प्राधिकरणले भने रु पाँच हजार लिने गरेको बताउँदै नियमानुसार जाँदा पनि महँगो हुने बताए।

अनुगमनपछि जिसस प्रमुख नवराज गेलालले विद्युत् प्राधिकरणको सेवा अस्तव्यस्त रहेको पाइएको बताउँदै कोरोना भाइरस सङ्क्रमणको सुरक्षादेखि सेवा दिने काममा समेत लापर्वाही गरिएको पाइएको बताए। प्राधिकरणलाई सेवा सुधार्न निर्देशन दिएको बताउँदै उनले पुनः जाने अनुगमनमा यस्तै पाइए कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

रेडक्रसमा पनि अनुगमन ः

त्यसैगरी जिससका प्रमुख गेलालको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा भएको अनुगमनमा सेवा प्रभावकारी भएको पाइएको छ । रेडक्रसले गोदाममा किचेन सञ्चालन गरेको पाइएपछि त्यसलाई तत्काल हटाउन निर्देशन दिएको थियो । रेडक्रसले तत्कालै त्यसलाई हटाएर अर्को ठाउँमा राखेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए।

सो अवसरमा सभापति थापाले रेडक्रसले सञ्चालन गरेको कार्यक्रम र विपद्मा गरेका कामका बारेमा जानकारी दिएका थिए । जिसस प्रमुख गेलालले रेडक्रसको काम सन्तोषजनक रहेको पाइएको जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE