Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

चाडपर्व मनाउनेसम्बन्धी मापदण्ड पारित, छ लाखसम्मको पिसिआर जाँच गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनसङ्ख्याको जाँच गरिने बताएका थिए ।

मन्त्री ढकालले भने, “आवश्यकताअनुसार परीक्षण गर्दै लगिने छ । सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखिने छ र पिसिआर टेष्ट गरिने छ । हवाइजहाजबाट आउनेलाई पाँच दिन राखिने छ ।” उनले बन्दाबन्दीबाट मुक्त भएकाहरु असावधान हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो सोलोडोलो बन्दाबन्दी नहुने स्पष्ट गरे । “बन्दाबन्दीको मोडालिटीबारे सोचिने छ”, उनले भने । उनका अनुसार चाडपर्व मनाउने प्रोटोकलबारे मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । तराईका जिल्लामा कडाइका साथ व्यवस्थापन गरिने छ । आगामी भदौ १ गतेदेखि खुल्ने भनिएका हवाइजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पनि सोचिने बताउँदै उहाँले भारतको अवस्था हेरी हाम्रो अवस्था निर्धारण हुने सङ्केत गरे ।

उनले मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराए । मन्त्री ढकालका अनुसार कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्र छ जुन विश्वका अन्य मुलुकका दरभन्दा कम छ । विश्व स्वास्थ्य सङ्गठन र केही मुलुकले नेपालमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापन राम्रो बताएका छन् ।

साप्ताहिक खर्च विवरण दिइने
सो अवसरमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना नियन्त्रण एवं रोकथाममा भएका खर्चको साप्ताहिक विवरण दिइने जानकारी दिए । उनले जोखिम नियन्त्रणका लागि समन्वय, सञ्चार र समुदायको सहभागितामा जोड दिइने बताउँदै सवारी साधनमा जोरबिजोर लागु गर्ने, हिँडडुलमा नियन्त्रण गर्ने, मानिस प्रवेश गर्ने २० नाकालाई १० मा झार्ने र विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्नेबारे सोचाइ भइरहेको जानकारी दिए ।

मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले भेन्टिलेटर मात्र नभई अक्सिजन आपूर्ति प्रशस्त हुनुपर्ने बताउँदै कसैमा ५७ दिनपछि पिसिआर जाँच गर्दा पुनः कोरोना पोजेटिभ भएको जानकारी दिए । उनले समुदायस्तरमा महामारी नफैलिए पनि वीरगञ्जमा लोकल ट्रान्समिसन९क्लष्टर अफ केसेस० पाइएको भने स्वीकारे। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मिडियालाई रचनात्मक सुझाव एवं पृष्ठपोषणका लागि आग्रह गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE