कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाहका लागि फरकफरक बार तोकेको छ । कोभिड– १९ को सङ्क्रमण हुन नदिन स्वास्थ्य सुरक्षा तथा सामाजिक भौतिक दूरी कायम गर्दै सेवा प्रवाह गर्नुपर्ने भएकाले कार्यालयमा भिडभाड हुन नदिन कार्यालयबाट प्रदान गरिने नियमित सेवा प्रवाह आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि फरकफरक बार तोकिएको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
नागरिकता प्रमाणपत्र, नाररिकता प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण, पत्रपत्रिका सङ्घसंस्थासम्बन्धी कार्य र प्रमाणित तथा सिफारिस गर्ने जस्ता कार्य गोदावरी नगरपालिकाका सेवाग्राहीलाई आइतबार र बुधबार तोकिएको छ । त्यस्तै कैलारी गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बिहीबार, धनगढी उपमहानगरपालिकाका सेवाग्राहीलाई मङ्गलबार र शुक्रबार र चुरे गाउँपालिकाका सेवाग्राहीका लागि सोमबार र बुधबार सेवा दिइने सूचना अधिकारी जोशीले बताए ।
त्यसैगरी बाँकी स्थानीय तहको राहदानी, हातहतियार दर्ता नवीकरण, पत्रपत्रिका सङ्घसंस्थासम्बन्धी कार्य, प्रमाणित तथा सिफारिस गर्ने जस्ता अन्य कार्य टीकापुर नगरपालिका तथा मोहन्याल र जानकी गाउँपालिकाका लागि आइतबार र बुधबार, गौरीगङ्गा र घोडाघोडी नगरपालिका तथा बर्दगोरीया गाउँपालिकाका लागि सोमबार र बिहीबार, लम्कीचुहा र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका लागि मङ्गलबार र शुक्रबार तोकिएको प्रशासन कार्यालयद्वारा यहाँ जारी सूचनामा उल्लेख गरिएको छ । शान्ति सुरक्षाको निवेदन तथा कानूनबमोजिम हुने मुद्दासम्बन्धी कार्य र सरकारी कार्यालय/आयोजनासम्बन्धी समन्वय र छलफल कार्य भने सबै कार्यालय दिन उपलब्ध हुने जनाइएको छ ।
सूचनामा आवश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन २२ गतेदेखि लागू हुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्नु/गराउनुका साथै बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन नगर्न/नगराउन उल्लेख गरिएको छ । त्यस्तै होटल, रेस्टुराँमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य पनि नगर्न/नगराउनु हुन अनुरोध गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: