Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

कोरोना कहर : नागरिक उड्डयन प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

काठमाडौं । कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ ।

हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणलले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणको करिब रु चार अर्ब ५० करोड अर्थात् ४३ प्रतिशतले आम्दानी घटेको छ । वायुसेवाको आम्दानी करिब रु छ अर्बले घटेको जनाइएको छ ।

प्राधिकरणले नियमित आम्दानीका रुपमा पिएससी, ल्याण्डिङ, पार्किङ, नेभिगेसन, रेन्ट आदिमा आम्दानी गर्छ । त्यस्तै विमानस्थल विकास शुल्कबापतको आम्दानी जोडिन्छ । आम्दानी घटेकै कारण प्राधिकरणले चालू आव २०७७/७८ का लागि रु ४१ अर्ब ११ करोड तीन लाख बजेट विनियोजन गरेको छ । अघिल्लो आव २०७६/७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरिएको थियो । यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालू आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरिएको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यसपटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो । प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्नति, सञ्चार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तरराष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेका सन्दर्भमा प्राधिकरणको आम्दानीसमेत उल्लेख्य अभिवृद्धि हुने अपेक्षा गरेको थियो । कोरोनाको महामारीका कारण नेपालमा झण्डै पाँच महिनादेखि अन्तरराष्ट्रिय तथा आन्तरिक उडान भएन । पछिल्लोपटक बन्दाबन्दी खुलेर भदौ १ देखि दुवैतर्फका व्यावसायिक उडान गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण दिनहुँ बढिरहेकाले अझै उडान निश्चित भएको छैन । यद्यपि, सरकारले घोषणा गरेको उडान मिति भने सरेको छैन । वायुसेवा कम्पनीले सङ्क्रमणरहित सुरक्षित उडानको पूर्वतयारी गरिसकेका छन् ।

बन्दाबन्दीका कारण विकास योजनाको काममा समेत नकारात्मक प्रभाव परेको प्राधिकरणले जनाएको छ । निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० ले एशिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तरराष्ट्रिय उडानमा ३८ देखि ७० प्रतिशतसम्म र आन्तरिक उडानमा २८ देखि ५० प्रतिशतसम्म हवाई यात्रु घट्नसक्ने प्रक्षेपण गरेको छ ।

अन्तरराष्ट्रिय हवाई यात्रु घटे

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको हवाई उड्डयन क्षेत्रलाई नराम्ररी असर पा¥यो । त्यसको प्रत्यक्ष प्रभावस्वरुप अन्तरराष्ट्रिय हवाई आगमन घटेको छ । प्राधिकरणका अनुसार अघिल्लो वर्षको तुलनामा अन्तरराष्ट्रिय हवाई आवागमन ४।६ प्रतिशतले घटेको छ । सन् २०१८ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानतर्फ कूल ४३ लाख ४२ हजार ४६८ यात्रु आवागमन भएकामा सन् २०१९ मा यो सङ्ख्या ४१ लाख ३८ हजार ४६३ रहेको छ ।

आन्तरिक उडानमा भने हवाई यात्रुको सङ्ख्या १६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रु आवागमन भएकामा सन् २०१९ मा यो सङ्ख्या १६ दशमलव १६ प्रतिशतले वृद्धि भई ३१ लाख ८८ हजार ४७९ यात्रु आवागमन पुगेको प्राधिकरणको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

लामो समय लकडाउन गर्ने नेपालजस्ता मुलुकका हकमा हवाई यात्रु आवागमन नराम्रोसँग प्रभावित हुने प्राधिकरणको प्रक्षेपण छ । नेपालमा सन् २०२० को पहिलो छ महिनामा गत वर्षको तुलनामा अन्तरराष्ट्रियतर्फ ६१ प्रतिशत र आन्तरिकतर्फ ५५ प्रतिशत हवाई यात्रु घटेको देखिन्छ । सन् २०२० को अवधिमा यो ८० प्रतिशतसम्म पुग्ने प्राधिकरणको अनुमान छ ।

नेपालले विभिन्न ४० मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपालले पछिल्लोपटक अष्ट्रेलिया र युएईसँग हवाई सम्झौतामा हस्ताक्षर गरेको थियो । अन्तरराष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वायुसेवा प्रदायक कम्पनीले १५ मुलुकका ३२ वटा गन्तब्यमा उडान सञ्चालन गरिरहेका छन् । नेपालमा नियमित हवाई सेवामा अन्तरराष्ट्रिय उडानतर्फ तीन वायुसेवा, आन्तरिक उडानतर्फ नौ वटा वायुसेवा र १० वटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन् ।

मुलुकभर विमानस्थलको कूल सङ्ख्या ५४ रहेको छ जसमा ३५ विमानस्थलको धावनमार्ग पक्की रहेको छ । यसमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा रहेका छन् भने २२ वटा विमानस्थल सञ्चालनमा छैनन् । अहिले मुलुकमा एकमात्र अन्तरराष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तरराष्ट्रिय विमानस्थल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल छन् । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । त्यस्तै पोखरा विमानस्थलको भौतिक प्रगति ६१ प्रतिशत रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE