Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

६ वर्ष लागिसक्दा पनि ललितपुरमा मात्र ४१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न

ललितपुर । विसं २०७२ को विनाशकारी महाभूकम्प गएको छ वर्ष लागिसक्दा ललितपुर जिल्लाभर मात्र ४१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । जग्गा विवाद, एउटै परिवारमा धेरै लाभग्राही रहनु र कति व्यक्तिको नाममा जग्गासमेत नहुँदा निजी आवास पुनःनिर्माणमा ढिलाइ भएको हो ।

सरकारले दिएको रु तीन लाख अनुदानमा कति लाभग्राहीसँग घर बनाउन आवश्यक अन्य रकम अभाव, शहरी क्षेत्रका घर भूकम्पले भत्काउँदा यसलाई पन्छाउनदेखि नयाँ निर्माण गर्नसम्म विभिन्न बाधा र अडचन परेर ललितपुरमा हालसम्म मात्र कूल ४१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) आयोजना प्रमुख शिवराम गेलालले बताए । उनले भने, “यस जिल्लाभर हालसम्म सम्झौता सम्पन्न भएका कूल लाभग्राही सङ्ख्या ८९ प्रतिशत रहेका छन् । ललितपुरको ११ प्रतिशत घरपरिवार भने विभिन्न समस्याका कारण हालसम्म लाभग्राही पहिचानमा समेत नपरेका गेलालले जानकारी गराए ।

ललितपुरमा पहिचान भएका कूल लाभग्राही सङ्ख्या २८ हजार ८२४, सम्झौता सम्पन्न भएका २५ हजार ५३२, पहिलो किस्ता लिने २५ हजार ४७७, दोस्रो किस्ता लिने १३ हजार ४५५ र तेस्रो किस्ता लिने लाभग्राही ११ हजार ४९७ रहेका एकाइ आयोजना अनुगमन तथा मूल्याङ्कन विज्ञ यमनाथ गिरीले बताए । उनले भने, “कूल सम्झौता सम्पन्न भएका लाभग्राहीमा अझै ४८ प्रतिशत घरपरिवारले निजी आवास बनाउन बाँकी नै रहेको छ । यहाँभित्र निजी आवास प्रवलीकरण गर्न पहिचान भएका लाभग्राही सङ्ख्या एक हजार ६३२ छ । यसमा सम्झौता सम्पन्न भएका एक हजार ६७ र पहिलो किस्ता लिने सङ्ख्या यति पूरै नै रहेका छन् ।”

निजी आवास प्रबलीकरण गर्न प्राविधिक जनशक्ति कमी भएर तथा यसतर्फको अनुदानमा लाभग्राही सन्तुष्ट नभएर ललितपुरमा हालसम्म कसैले पनि प्रवलीकरणका लागि दोस्रो किस्ता नलिएको गिरीले जानकारी गराए । “यहाँ रहेका छ पालिकाबाट हालसम्म ६५ दशमलव तीन प्रतिशत घरपरिवारले मात्र निजी आवास प्रबलीकरणका लागि पहिलो किस्ता बराबरको रकम लिएका छन्”, उनले थपे ।

ललितपुरको तीन गाउँपालिकाका मानिसले निजी आवास पुनःनिर्माण गर्न महानगरपालिका र नगरपालिकाका घरपरिवारभन्दा बढी नै सङ्ख्यामा पहिलो किस्ता बराबरको रकम लिइसकेका छन् । महाँकालबाट ९७, कोञ्ज्योसोमबाट ९४, वाग्मती गाउँपालिकाबाट ९३ प्रतिशतका साथै महानगरपालिकाबाट ८६, महालक्ष्मीबाट पनि ८६ र गोदावरी नगरपालिकाबाट ८५ प्रतिशत जनताले पहिलो किस्ता बराबरको रकम निजी आवास पुनःनिर्माणका लागि लिइसकेको बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: