ललितपुर । ललितपुरका सात गुम्बा मर्मत सम्पन्न भएको छ । विसं २०७२ मा भूकम्प गएको पाँच बितिसक्दा यहाँ बल्ल मात्र यति सङ्ख्याका गुम्बा मर्मत सम्पन्न भएको सम्बन्धित निकायले जनाएको छ ।
ललितपुरमा विसं २०७२ को भूकम्पले कूल १६ गुम्बामा क्षति पर्याएको थियो । यसमा आठ गुम्बा पूर्णरूपमा नयाँ बनाउनुपर्ने छ भने अर्को थप आठ गुम्बा मर्मतसम्भार गर्नुपर्ने खालको रहेको एकाइ आयोजना प्रमुख गेलालले बताए । “पूर्णरूपमा नयाँ बनाउनुपर्ने गुम्बाको काम यस आर्थिक वर्षको शुरुआतबाट केही अघि बढ्ने भएको छ भने केवल मर्मतसम्भार गर्नुपर्ने आठ गुम्बामा सातको काम सम्पन्न भइसक्यो”, उनले थपे, “एउटा गुम्बा मर्मतसम्भार गर्ने जिम्मा लिएको ठेकेदारले सम्झौता गरी सम्पर्कमा नआएकाले अझै बनाउन बाँकी रहेको छ ।”
ललितपुरमा मर्मत सम्पन्न भइसकेका सात गुम्बामा वाग्मती गाउँपालिका–४ प्युटारको यसी छ्योइदेन र अर्को यसी छ्योखोर्लिङ गुम्बा, महाँकाल गाउँपालिका–मानिखेलको शिखन गुम्बा, ललितपुर महानगरपालिका–२१ खोकनाको महायान बौद्धधर्म समाज गुम्बा, दोस्रो पुल्चोकको अक्षश्वर महाविहार तथा तेस्रो धापाखेलको बृद्ध विहार र महालक्ष्मी नगरपालिकाको सुर्वण क्षत्रपुर विहार रहेका आयोजना इञ्जीनियर ममता ढुङ्गानाले बताए । उनले भने, “महानगरपालिका–१३ कुसुन्तीको सम्पूर्ण तमु समाज गुम्बा भने सम्झौताअनुसार अझै मर्मतसम्भार हुनसकेको छैन ।” नेपाल सरकारको आर्थिक लगानीमा सात गुम्बा मर्मतसम्भार पूर्ण भएका ढुङ्गानाले जानकारी गराए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: