काठमाडौं । विशेष अदालतले कोरोना जोखिम बढेसँगै सेवाग्राहीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै अदालतमा प्रवेश गर्ने सबैलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
आजको राजधानी दैनिकमा खबर छ - ‘संक्रमणको जोखिम बढेपछि बाध्य भएर कोरोना परीक्षणको रिपोर्टपछि मात्रै अदालतमा प्रवेश दिने निर्णय भएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘पहिला आरडिटी टेस्ट गरेर मात्रै अदालत प्रवेश गर्न दिइन्थ्यो अब पिसिआर रिपोर्ट अनिवार्य गरेका छौं ।’ अदालतले शुक्रबार मात्रै म्याद बुझ्न आएका दुई जना सेवाग्राहीलाई पिसिआर परीक्षण रिपोर्ट लिएर मात्रै उपस्थित हुन भन्दै फर्काइ दिएको थियो ।
विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष सरकारी वकिलको कार्यालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई समेत पिसिआर परीक्षण रिपोर्टसहित अदालतमा उपस्थित हुन पत्र लेखेको छ । केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३५ जनामा कोरोना संक्रमण देखिएपछि अदालतले अनिवार्य पिसिआर रिपोर्ट पेस गर्न पत्र लेखेको हो ।
विशेष अदालतमा भ्रष्टाचार र अकुत सम्पत्तिसम्बन्धी मुद्दा दर्ता हुने भएकाले अख्तियार र सम्पत्ति शुद्धीकरणले मुद्दा दर्ता गर्ने गर्छन् । अदालतमा उपस्थित हुँदा अख्तियार र सम्पत्ति शुद्धीकरणका कर्मचारीले पनि अब अनिवार्य पिसिआर रिपोर्ट पेस गर्नुपर्नेछ ।
हाल अदालतले सेवा प्रवाहलाई व्यवस्थित बनाउन सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसलाअनुसार न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरेको छ । अदालतले कोरोना जोखिम न्यूनीकरणका लागि न्यायाधीश, कानुन व्यवसायी, कर्मचारी र सेवाग्राहीको ज्वरो मापन अनिवार्य गरेको छ ।
कार्ययोजनाअनुसार अदालत प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ । सो मापदण्डको पालना गर्ने जिम्मेवारी सुरक्षाकर्मीलाई रहनेछ । आगन्तुकको अभिलेख राख्ने र कोरोना परीक्षण भए नभएको जानकारी गेटमा लिइनेछ ।
पिसिआर परीक्षण विना आउनेलाई गेटबाटै फिर्ता पठाउने गरिएको छ । कानुन व्यवसायीलाई मुद्दामा बहस गर्न आलोपालोको व्यवस्था गरिएको छ । म्याद थप, बहस पैरवीका लागि आउनेका लागि दुरी कायम गराउने र काम भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।
अख्तियारमा केही समयअघि सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै विशेष अदालतले अगाडि बसेर काम गर्ने १४ कर्मचारीको पिसिआर परीक्षण गराएको थियो । ती सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।
सेवाग्राही र अख्तियारका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क हुने ती कर्मचारीको रिपोर्ट नेगेटिभ आएको हो । अदातले अब थप सजगता अपनाउने जनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: