Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सलह धपाउने प्रयास गर्दा गर्दै बाली नष्ट, मकै र धानबालीमा ठूलो क्षति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।

सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँमा लगाएको मकै र धानबाली सलहको झुण्डले नष्ट गरिदिएपछि किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका–२ खबराकी किसान तुलसी सापकोटाले बताए ।

सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको गौश्वाराका किसान धु्रव घिमिरेले बताए । “लाखौँको सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ”,उनले भने, “भगाउने प्रयास गर्दा गर्दै मकै र धानबालीमा ठूलो क्षति पुगेको छ ।”

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयवासीले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरे पनि सफल नभएको उनले जानकारी दिए । बिहीबार बिहानै खेतबारीमा देखिएको सलह आइतबार बिहानसम्म पनि खेतबारीमा नै रहेको छ । सहलले सबैभन्दा बढी मकैबालीमा क्षति पुर्याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढीपहिरोले बितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरे पनि क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ ।

दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो । पहिरो र कोरोनाको कहरका बीचमा भित्रिएको सलहले बाली नष्ट गरेपछि किसान निराश भएका छन् । सलह धपाउन किसानले गरेको प्रयास सफल भएको छैन । म्याग्दीका विभिन्न ठाउँहरूमा अझै पनि सलहको झुण्डले धान र मकैमात्रै होइन, फलफूल र तरकारीमा पनि क्षति पुर्याएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: