म्याग्दी । उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ । कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो । करिब १० मिटर दूरीमा लगाइएको ग्यावियन पर्खाल बगाएर नदीले बजारतर्फ कटान गर्न थालेको छ ।
नदीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेको स्थानीय रमेश श्रेष्ठले जानकारी दिए । गत वर्ष रुपाताल एकीकृत संरक्षण परियोजनाले उपभोक्ता समितिमार्फत निर्माण गरेको तटबन्ध भत्काएको हो । यसअघि सो ठाउँमा निर्माण भएको पक्की पर्खाल २०७५ भदौ २७ गते रघुगङ्गा नदी थुनिएर आएको बाढीले भत्काएको थियो । गणेशटोलको पछाडिको भागमा कटानको जोखिम बढेको छ । तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको जनाउँदै बजारबासी चिन्तित भएका छन् ।
कटान रोकथामका लागि रुपाताल एकीकृत विकास परियोजनासँग समन्वय गरेर संरक्षणको काम शुरु गरिने बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । कालीपुल क्षेत्रमा कटान भएको ठाउँमा ग्यावियन पर्खाल निर्माणको काम भइरहेको छ ।
यसैबीच बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा बाढीको त्रासमा छन् । बस्तीमाथिको पाखोबाट बाढी आउन थालेपछि सदरमुकाम बेनीको मुख्य बजार क्षेत्र क्याम्पसचोक जोखिममा परेको हो । यसअघिका दुई वर्ष रोकिएको बाढी यसपालि आउन थालेपछि त्रास बढेको स्थानीयवासी रवि शर्माले जानकारी दिए। पाखोबाट ढुङ्गा, माटो र काठका टुक्रासहित आउने बाढीले नाली बुझिएर सडकमा निस्कने गरेको छ । नाली फुटेपछि सडक हिलाम्मे हुने, घर र पसलभित्र पसेर सामान नष्ट गर्ने गरेको छ । बाढीबाट क्याम्पसचोकका १२७ घरधुरी प्रभावित भएका छन् । बेनी नगरपालिका र विभिन्न निकायबाट ग्यावियन जाली र वृक्षरोपण गरेपछि २०७५ र २०७६ को बर्खामा बाढी आएको थिएन ।
यसपालि दुईपटक बाढी आइसकेको छ । अर्थुङ्गेस्थित सेनाको ब्यारेक तलको घुम्तीबाट सडकको नालीबाट आउने बाढी पाखोमा पहिरो गएपछि आयतन बढेर आएपछि क्याम्पसचोकमा डुबान हुने गरेको छ । क्याम्पसचोकको बाढीको व्यवस्थापनका लागि दीर्घकालीन योजनाको आवश्यकता रहेको स्थानीयवासी तथा व्यवसायीले बताएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: