टेक्सस । गैरआवासीय नेपाली सङ्घले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ । विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायीरूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा अघि सारिएको सङ्घले जनाएको छ ।
सङ्घीय सरकार हु“दै प्रदेश सरकारस“गको सहकार्यमा अस्थायी आश्रयस्थल निर्माण गर्ने गरी अवधारणा अघि सारिएको सङ्घका महिला उपाध्यक्ष एवं सङ्घको वन एनसिसी वन च्यारिटी प्रोजेक्टका प्रमुख रविना थापाले जानकारी दिए ।
केन्द्रीय, प्रदेश हु“दै स्थानीय सरकारस“गको समन्वयमा सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउनेबारे सङ्घले अवधारणा अघि सारेको जानकारी दिए । अहिले यस योजना प्रारम्भिक चरणमा रहेको र स्थानीय सरकारले जग्गा उपलब्ध गराउने र त्यसमा भवन निर्माण एनआरएनएले गरिदिने अवधारणा रहेको छ । उनले एउटा भवन बनाउन करिब रु एक करोडको खर्च अनुमान गरिएको बताए ।
“समय–समयमा आउने प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएकाहरुदेखि लिएर अहिले नै पनि कोरोना सङ्क्रमितलाइ क्वारेन्टिनमा राखौँभन्दा पनि हामीस“ग त्यस्तो कुनै संरचना छैन । यसबाहेक पनि विदेशबाट अहिले फर्किएकाहरुलाई राख्नका लागि पनि हामीस“ग कुनै पूर्वाधार छैन”, एनआरएनएका उपाध्यक्ष थापाले बताए, “कुनै पनि कारणले घरबारविहीन हुन परेकालाई अस्थायीरूपमा बसोबासको प्रबन्ध गराउनका लागि एउटा अस्थायी सेल्टरको आवश्यकता देखेर यसका लागि एनआरएनएले अवधारणा अघि सारेको हो । यस्ता सेल्टरहरु निर्माणले समस्यामा परेकालाई अस्थायीरूपमा व्यवस्थापनका लागि सहज हुन्छ भने सरकारले चाह“दा पनि ‘सर्टटर्म’का लागि प्रयोग गर्न सक्ने पूर्वाधारको रूपमा यो रहन्छ ।”
प्रदेशको पायक पर्ने स्थानमा यस्ता सेल्टर निर्माण गर्नका लागि सङ्घले चरणबद्वरूपमा प्रक्रिया अघि बढाउने र त्यसका लागि आवश्यक पर्ने सहयोग एनआरएनहरुबाटै सङ्कलन गर्ने लक्ष्य रहेको छ । निर्माण सङ्घले गर्ने भए पनि सञ्चालन सरकार वा सरकारका अङ्ग मातहत गर्न सक्दा सहज हुने भएकाले त्यसरी संरचनाको विकास गरिने छ ।
विश्वभरि रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद् र एनआरनहरुबाट नेपालमा एकत्रित ढङ्गबाट सेवामूलक कार्यमा लगानी गर्नका लागि सङ्घले दुरगामी महत्वका योजना अघि बढाइरहेको उपाध्यक्ष थापाले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: