Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

चक्रपथ विस्तार गर्दा स्वयम्भूको बुद्ध पार्क व्यवस्थापनमा सहमति

काठमाडौं । चक्रपथ विस्तारका लागि स्वयम्भू पश्चिमतर्फ बुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने विषयमा आज सहमति जुटेको छ । काठमाडौँ कामपाका प्रमुख विद्यासुन्दर शाक्य र प्रवक्ता ईश्वरमान डङ्गोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलमा चक्रपथ विस्तारका लागि आवश्यक पर्ने ठाउँ छोड्ने सहमति भएको हो । बुद्धपार्क ९स्वयम्भू पश्चिम० का ठूला बुद्ध मूर्तिबाट अघिल्तिरको जमिनमा चक्रपथ निर्माण हुनेछ । सडकलाई जग्गा दिएर बाँकी जमिन बचाउन महानगरले रिटेनिङ वाल लगाउने काम तत्काल थाल्ने गरी सहमति भएको छ । सडक विस्तारका क्रममा भत्काउनु पर्ने भौतिक संरचना स्थानान्तरण हुनेछन् ।

सहमतिअनुसार छोडिएको जग्गामा अहिले भएका भौतिक संरचना पुनःस्थापना गर्ने कामलाई दोस्रो चरणमा गरिनेछ । चक्रपथ विस्तार आयोजनाले केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्नका लागि आग्रह गरेकोले सडक फराकिलो बनाउने काममा सहयोग गर्न यसप्रकारको सहमति गरिएको प्रमुख शाक्यको भनाइ छ ।

सांस्कृतिक पहिचानलाई व्यवस्थापन गर्दै समयानुकूल पूर्वाधार निर्माण कार्य अघि बढाउन स्थानीय सरोकारवालासँग बैठक बसेर सहमति जुटाइएको प्रमुख शाक्यले बताए । उनले भने, “आफ्नो जिम्मामा भएका कामलाई तत्काल गर्ने र अन्य निकायको जिम्मामा भएका काममा समन्वय गरेर काठमाडौँको समृद्धि बढाउँदै गएका छौँ । यसका लागि स्थानीय धार्मिक, सामाजिक सङ्घसंस्था तथा स्थानीयवासीको ठूलो सहयोग पाएका छौँ ।”

प्रवक्ता डङ्गोलका अनुसार बुद्ध मूर्तिबाट बाहिरतर्फका भौतिक संरचना हटाएर सडक विस्तारमा सहयोग गर्ने निर्णय भएको छ । प्रतिवेदनमा रिटेनिङ वाल, दुई वटा प्रवेशद्वार, स्तूप, बत्ती बाल्ने घरलगायत संरचना स्थानान्तरण गर्दा लाग्ने खर्च माग गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE