Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पतिले विदेशबाट पठाएको रकमको हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।

वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

जिल्ला अदालतमा अघिल्लो आव २०७४÷७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फछ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुव्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक विवादको कारणबाटै सम्बन्धविच्छेद बन्न पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताएका छन् ।

विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आरोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्धविच्छेदको शिकार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिए । अदालतको इजलासमा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्धविच्छेद गर्ने उद्देश्य राखी निवेदन दर्ता गरिएको पनि श्रेस्तेदार भट्टराईले उल्लेख गरे ।

यसैगरी जिल्ला अदालत मकवानपुरले गत आव २०७६/७७ मा बाल हिंसा, चोरी र नाबालकले नाबालिकालाई प्रलोभनमा पारी जबर्जस्ती अनुचित कार्य गर्न बाध्य बनाइएको मुद्दामा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बाल इजलासले केही नाबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा र केही नाबालकलाई सुधारगृहमा कैद भुक्तानको लागि पठाएको जनाएको छ ।

जिल्ला अदालतमा बाल हिंसा अनुचित कार्य गर्ने र चोरी अभियोग सम्बन्धमा समेत गत आवमा २७ मुद्दा दर्ता गराएकामध्ये २० मुद्दाको फछ्र्र्यौट गरी बालबालिकाको इजलासबाट थप सुरक्षागृहमा बालबालिकालाई पठाइएको पनि जिल्ला अदालतले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: