Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

कालोपत्रको माग राख्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित

काठमाडौं । सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । आज बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

स्थानीयवासीको जनभावनाअनुरुप सरकारले तत्काल काम अघि बढाउनुपर्ने माग गरिएको छ । स्थानीयवासी शङ्कर श्रेष्ठले सडक व्यवस्थित नहुँदा जीवनयापन असहज भएको बताए । उनी भन्छन् “हामीले धेरैपटक दबाब दिँदा पनि सरकारको कुनै ध्यानाकर्षण भएन ।” हिलाम्मे सडकका कारण बाइसधारामा आउने पर्यटकमा नकारात्मक प्रभाव परेको यहाँका अर्का स्थानीयवासी हरिदास थापाले बताए । “यो क्षेत्रको सडकको स्तरोन्नति गर्ने आश्वासन धेरै जनप्रतिनिधिले दिए तर उनीहरुले आफ्नो बाचा पूरा गर्न सकेनन्”, उनले भने ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हड्पेर बिना लालपुर्जा किनबेचसमेत गरिएको थियो । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हड्पेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो । एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । ती टहरामा बसिरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।

विसं २०१७ सम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र सो विद्यालयपछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हड्पेर बसेकालाई सरकारले घरबापत आवश्यक मुआब्जा २०७१ सालमै दिइसकेको छ । मुअब्जा पनि लिने सार्वजनिक जग्गा पनि अझै आपूmहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेका बेला बालाजु बाइपासमा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

हाल सडक विस्तारका लागि खनिएको जग्गामा कुनै बेला पाटी, विद्यालय रहेको र विभिन्न जिल्लाबाट काठमाडाँैै आउने सर्वसाधारण बस्ने गरेका थिए । बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरे पनि सार्वजनिक जग्गा हड्पेका हुँदा अनावश्ययक दुःख दिएकाले आफूहरु सडकमा उत्रिएको स्थानीयवासीको भनाइ छ ।

बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि घटेको छ । ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हड्पेर बसेकालाई विस्थापन गराउनका लागि स्थानीयवासीले पटकपटक माग गर्दै आइरहेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE