काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष बिक्री वितरणको व्यवस्था गरेको छ। डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले कार्यालय परिसरमै काउन्टर स्थापना गरेर ग्यास बिक्री सुरु गरेको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार हाल विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूलाई लक्षित गर्दै वितरण थालिएको छ। नेपाल ग्यासको बिक्री सुरु भइसकेको र एभरेस्ट तथा सुगम ग्यासको काउन्टर पनि छिट्टै सञ्चालनमा आउने उनले जानकारी दिए।
‘जसलाई ग्यास अत्यावश्यक छ र आफ्नो डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आई सहज रूपमा ग्यास लिन सक्नुहुन्छ,’ प्रवक्ता ठाकुरले भने।
बजारमा कृत्रिम अभाव सिर्जना भएको चर्चा भइरहँदा निगमले भने आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ। भन्सार तथ्यांकअनुसार मागअनुसार नै ग्यास आयात भइरहेको ठाकुरको भनाइ छ।
उनका अनुसार नेपालमा मासिक करिब ३० लाख सिलिन्डर ग्यास खपत हुन्छ। सोही परिमाण उद्योग, ट्रान्जिट र उपभोक्ताको घरमा रहने व्यवस्था रहेको उनले बताए। तर हाल उपभोक्ताले एकैपटक रित्ता सिलिन्डर भर्न खोज्दा वितरणमा चाप परेको उनले स्पष्ट पारे। ‘नियमित मागअनुसार आपूर्ति भइरहेको छ, तर अतिरिक्त मौज्दात भने छैन,’ उनले भने।
एउटा मात्र सिलिन्डर भएका सर्वसाधारण बढी प्रभावित भएपछि राहतस्वरूप आकस्मिक बिक्री कक्ष सञ्चालन गरिएको निगमले जनाएको छ। ग्यास नपाएका उपभोक्ताले खाली सिलिन्डरसहित नेपाल आयल निगमको टेकुस्थित कार्यालय परिसरमा सम्पर्क गर्न सक्नेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १०:५१
पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...
बैशाख ६ गते, २०८३ - १०:३७
विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आ...
बैशाख ६ गते, २०८३ - १०:२६
तनहुँ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्ले...
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...


प्रतिकृया लेख्नुहोस्: