नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कागज उद्योग सञ्चालनमा आएको छ ।
जिल्लाको मध्यविन्दु–१० अरुणखोलामा झण्डै रु ५० करोडको लागतमा क्वालिटी पेपर इन्डष्ट्रिज प्रालि नामक उद्योग सञ्चालनमा आएको हो । स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताइएको छ । ।
विसं. २०७५ मा स्थापना भएको सो उद्योगले झण्डै दुई वर्षपछि उत्पादन शुरु गरेको सो प्रालिका अध्यक्ष सुकेशकुमार गुप्ताले बताए । उद्योगले पहिलो चरणमा प्याकेजिङ (कार्टुन) लाई प्राथमिकता दिएर उत्पादन शुरु गरेको उनको भनाइ छ । “नेपाललाई प्याकेजिङका लागि आत्मनिर्भर बनाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको छ”, उनले भने, “दोस्रो चरणमा सेतो कागजसमेत उत्पादन गर्ने तयारी छ ।” मुलुकलाई आवश्यक पर्ने सेतो कागजको आधा हिस्सा आफ्नो उद्योगले उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्ष गुप्ताको भनाइ छ । “कागजलाई नेपाली पहिचान दिने र यहाँको कच्चा पदार्थलाई प्रयोग गर्दै कागजमा आत्मनिर्भर बन्ने उद्देश्यलले उद्योग सञ्चालनमा ल्याएका हौँ” उनले बताए, “कागज उत्पादनका लागि हामीले पूर्ण रुपमा स्वेदशी कच्चा पदार्थको प्रयोगमा जोड दिएका छौँ ।”
उद्योगका प्रबन्ध निर्देशक राजन पियाले कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी दुई प्रकारका कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताए । यूरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन गरिने भएकाले यो उद्योगबाट वातावरण प्रदूषण नहुने उनको दाबी छ । करिब ११ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा चार जना युवा उद्यमीको लगानी छ ।
दैनिक ११५ टन कागजजन्य फोहोर प्रशोधन गर्ने क्षमताको यो उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि १५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रबन्ध निर्देशक पियाको भनाइ छ । नेपालबाट कागजजन्य फोहोरहरु सस्तो मूल्यमा भारत तथा चीनमा निर्यात हुँदै आइरहेको थियो । उनले भने, “नेपालमा खेर जाने कागजजन्य फोहोरलाई प्रशोधन गरी पुनः नयाँ रुपमा उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालन आएको छ ।” उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपश्चात पत्रपत्रिका छपाईका लागि आवश्यक पर्ने सबै प्रकारका कागजहरु स्वदेशमै उत्पादन गर्ने तयारी गरिएको उनको भनाइ छ ।
कागज उद्योगको इतिहास बोकेको नवलपरासी जिल्लाको गरिमा बढाउनका लागि समेत आफूहरुले नवलपरासीभित्रै कागज उद्योग सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक पियाले बताए । कुनै बेला मुलुकलाई कागजमा आत्मनिर्भर बनाएको गैँडाकोटको भृकुटी कागज कारखाना विगत केही वर्षदेखि बन्द अवस्थामा रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: