Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

व्यापार कम्पनीले राष्ट्रिय विपत्तिमा सहयोग गरेको छ : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राष्ट्रिय विपत्तिमा सरकारको भूमिका निर्वाह गरेकोे बताएका छन् । कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा मन्त्री भट्टले विपत्तिको समयमा विभिन्न क्षेत्रमा खाद्यान्नलगायत सामग्री पु¥याएर सरकारको सहभागिता जनाउँदै निजी क्षेत्रका व्यवसायीलाई समेत सहयोग गर्नुपर्ने दबाब दिएको बताए ।

उनले खाद्य कम्पनी र नेस्नल टेड्रिङ कम्पनीलाई गाभेर एक बनाइएको भन्दै दुवै कम्पनीका राम्रा कुराको उपयोग गरेर सेवाको गुणस्तरमा ध्यान दिन निर्देशन दिए । “बन्दाबन्दीको समयमा काठमाडौँमा मोबाइल भ्यानमार्फत खाद्यान्नको होम डेलिभरी सेवा शुरु गर्नु आफैँमा राम्रो हो । खाद्यान्नमा मात्र सीमित नभएर नयाँ वस्तु तथा सेवाको निरन्तरता दिनु मुख्य पाटो हो”, उनले भने ।

यसैगरी उद्योग राज्यमन्त्री मोतिलाल दुगाडले बन्दाबन्दीको समयमा मूल्य वृद्धि रोक्नु खाद्यले ठूलो काम गरेको भन्दै निजी क्षेत्रभन्दा अगाडि बढेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । सरकारी भनेपछि उपभोक्तामा छुट्टै छाप बस्ने भन्दै सहुलियत तथा गुणस्तरीय रुपमा सेवा दिनुपर्नेमा उनले जोड दिए।

एक लाख मेट्रिक टन खाद्यान्न किन्न कम्पनीले चालू आर्थिक वर्ष २०७७र०७८ का लागि एक लाख मेट्रिक टन खाद्यान्न किन्ने योजना बनाएको छ । कोभिडका कारण गत आवका लागि बनाइएको योजना पूरा नभएको भन्दै चालू आवमा रु चार अर्ब बराबरको खाद्यान्न किन्ने योजना बनाएको कम्पनीका सहायक प्रबन्ध निर्देशक मणिराज खनालले जानकारी दिए । उनका अनुसार साठी हजार धान, २५ हजार चामल, पाँच हजार गहुँ, दुई सय कर्णालीको सिमी र २० मेट्रिक टन भटमास खरिद गर्ने योजना बनाइएको हो ।

त्यसैगरी ५० मेट्रिक टन मासको दाल, १०० मुसुरो तथा रहरको दाल, दश हजार लिटर सनफ्लावर तेल तथा १० लाख तोरीको तेल, दशैँलाई लक्षित गरी करीब एक हजार ६०० खसीबोका, एक हजार ४०० च्याङ्ग्रा तथा छ हजार वटा इन्डक्सन चुलो खरिद गर्ने योजना बनाएको उनले जानकारी दिए ।

कम्पनीले सातै प्रदेशका लागि ३०र३० हजार तथा केन्द्रमा एक लाख मेट्रिक टन खाद्यान्न गरी ३१० मेट्रिक टन खाद्यान्न राष्ट्रिय सुरक्षा भण्डारण कोषमा मौज्दात राखिने जनाएको छ । यसअघि २५ हजार मेट्रिक टनमात्र खाद्यान्नको मौज्दात राखिएको थियो । सरकारको नीति तथा कार्यक्रममा व्यवस्था भएअनुसार थप मौज्दात राख्ने तयारी गरेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE