Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

ट्रम्पले अमेरिकालाई 'जीर्ण बनाएको' विपक्षी उम्मेदवारको आरोप

एजेन्सी । अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अक्षम नेता भनेका छन्।

उनीहरूले ट्रम्पले अमेरिकालाई \'जीर्ण बनाएको\' पनि दाबी गरे।

बाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई चयन गरेको भोलिपल्ट उनीहरू चुनावी अभियानमा सँगै देखिएका हुन्।

राष्ट्रपति ट्रम्पले त्यसको प्रतिउत्तर दिँदै ह्यारिस आफ्नो राष्ट्रपति अभियानमा \'चट्टानजस्तै खसेको\' बताए। नोभेम्बरमा हुने चुनावमा बाइडेन र ट्रम्प राष्ट्रपतिका उम्मेदवार छन्।

बुधवार विल्मिङ्टनमा भएको बाइडेनको चुनावी कार्यक्रम सर्वसाधारणका लागि खुला थिएन।

बाइडेनले के भने ?
बाइडेनले कोरोनाभाइरसबाट बच्नका लागि कार्यक्रम खुला नगरिएको बताए।

दुवै उम्मेदवारले मास्क लगाएर मञ्चमा सामाजिक दूरी कायम गर्दै सम्बोधन गरे।

हल्का वर्षा भइरहेका बेला करिब ७५ जना मानिसहरू कार्यक्रमस्थल बाहिर भेला भएका थिए। रोयटर्स समाचारसंस्थाका अनुसार तीमध्ये केही बाइडेनका आलोचक पनि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले भने, \'आगामी नोभेम्बरमा हामीले गर्ने चयनले धेरै लामो समयका लागि अमेरिकाको भविष्यको निर्णय गर्नेछ।\'

उनले ट्रम्पले पहिले नै ह्यारिसबारे नकारात्मक टिप्पणी गर्न थालिसकेको भन्दै उनको आलोचना गरे।

उनले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा पनि आलोचना गरे।

ह्यारिसले के भनिन् ?
ह्यारिसले आफू काम गर्न तयार रहेको बताइन्। उनले भनिन्, \'अमेरिका नेतृत्वका लागि रोइरहेको छ। अहिलेसम्म हामीसँग त्यस्ता राष्ट्रपति छन् जो उनलाई चुन्ने जनताभन्दा आफ्नो बारेमा बढी सोच्छन्।\'

उनले ट्रम्पको कडा आलोचना गरेकी थिइन्।

उनले भनिन्, \'हामीले काम गर्न नसक्ने व्यक्तिलाई चयन गर्‍यौँ भने के हुन्छ भन्ने देखिएको छ।\'

\'हाम्रो देश जीर्ण बनेको छ र विश्वभरि नै हाम्रो प्रतिष्ठा गुमेको छ।\'

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: