वाशिङ्टन । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ताबारे शनिबार पूर्व सहमति अनुसार पहिलो चरणको व्यापार सम्झौताको बारेमा छलफल हुने भएको छ ।
कोरोनाभाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पार्नु पहिले दुई आर्थिक शक्तिबीचको सम्बन्धमा समस्या देखिइरहेका समय पूर्व सहमति अनुसार छलफललाई अगाडी बढाउन लागिएको हो । विश्वका दुई प्रमुख अर्थतन्त्रबीच सन् २०२० मा उल्लेख्य व्यापार वार्ता तथा सम्झौता हुने अनुमान गरिएको थियो तर अपेक्षा अनुसार वार्ता अघि बढ्न सकिरहेको थिएन ।
वार्ताबारे अमेरिकी तथा चिनियाँ सरकार दुवैले एएफपीसँग पुष्टि गरेका छैनन् तर सम्झौताले हरेक छ महिनामा बैठक बस्ने प्रावधान अनुसार शनिबार वार्ता हुनेछ । यद्यपि यो वार्ताले खासै महत्वपूर्ण सहमति गरिहाल्ने विश्वास विश्लेषकहरूले लिएका छैनन् ।
महामारीले विश्वव्यापी वृद्धि र व्यापारमा ऐतिहासिक संकुचन निम्त्याएको छ । विश्लेषकहरूले सम्झौतामा ठूला परिवर्तनलाई नकारे पनि सम्झौताका लागि वाशिङ्गटन उत्प्रेरक हुनेछ भनेका छन् । “अहिलेसम्म चीन अपेक्षाकृत निष्क्रिय रहेको छ र संयुक्त राज्य अमेरिका तुलनात्मक रूपमा सक्रिय भएको छ,” एएनजेड बैंकका प्रमुख अर्थशास्त्री रेमण्ड येउङले भने । “मेरो विचारमा चीनबाट व्यापार, सहयोग वा बजार खोल्ने सन्दर्भमा धेरै परिवर्तन हुँदैन, मुख्य कुरा अझै पनि अमेरिकाको पक्षमा छ।”
वासिङटन र बेइजिङको जनवरी सम्झौताले महिनौँ लामो व्यापार विवादलाई आंशिक सहमतिमा पुर्याएको थियो । सम्झौता अनुसार आगामी दुई वषभित्र बेइजिङले थप दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन आयात गर्ने सहमति भएको थियो । ती अमेरिकी उत्पादनमा कार तथा मेसिनरी समान, तेल र कृषिलगायत रहेका छन् ।
तर पछिल्ला केही महिना यता अमेरिका र चीनबीचको विवादका कारण चीनले अमेरिकाबाट प्रतिवद्धता अनुसार सामान खरिद गर्न सकेको छैन । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा आउने नेतृत्वले अहिले हुने सम्झौतालाई सहज नस्वीकार्नसक्ने अनुमानसहित चीनले वार्ता गर्न खासै उत्साह नदेखाएको देखिन्छ ।
त्यस्तै अमेरिकी स्वेतहरूको मतले राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पलाई चीनसँगको सम्बन्ध सुधारमा जति कडा बन्यो त्यतिफाइदा हुनसक्ने देखेर ट्रम्पले चीनसँगको वार्तालाई थाति राखेर अघि बढेको अमेरिकी राजनीतिक जानकारहरूले बेलाबेलामा बिचारहरू व्यक्त गर्ने गरेका छन् ।
शनिबार सुरू हुने व्यापार वार्ताले के दुबै पक्ष अहिले पनि सम्झौता अनुरूप अघि बढ्न तयार रहने छन् वा सम्बन्ध थप विग्रिने छ भन्ने देखाउने छ, समृद्ध चीनका लागि वित्तीय सेवाहरू प्रदान गर्ने आइएनजीका प्रमुख अर्थशास्त्री आरिस पाङले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: