Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

ब्रोड पिक हिमपहिरो अपडेट: ४ जनाको शव फेला

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चारवटा शव फेला पारेको दाबी गरिएको छ।

पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उद्धार टोलीले घटनास्थलबाट चार शव फेला पारेको जानकारी दिएका हुन्। तर ती शव कसका हुन् भन्ने विवरण सार्वजनिक गरिएको छैन।

यद्यपि, उक्त जानकारीको स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ।

यसअघि पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले पनि घटनास्थलमा शव फेला परेको भन्ने सूचना आफूले सुनेको बताएकी थिइन्। तर त्यसबारे आधिकारिक पुष्टि नभएको भन्दै उनले थप जानकारी आउन बाँकी रहेको स्पष्ट पारेकी थिइन्।

ब्रोड पिकमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित विभिन्न देशका १० जना आरोही सम्पर्कविहीन छन्। उनीहरूको खोज तथा उद्धार अभियान अझै जारी रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेले गरे मुस्लिम र हिन्दू धार्मिक अगुवासँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा देखिएको तनाव र प्रदर्शनका बीच सामाजिक तथा धार्मिक सद्भाव...

स्मार्ट सेल प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ, सीआईबीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...

धनुषामा तनाव कम गर्न सर्वदलीय बैठक बस्दै, सहमति जुटे सद्भाव र्‍याली निकालिने

जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...

जलेश्वर र गौशाला बन्द, सुरक्षा व्यवस्था कडा

महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...

एकै दिन संसद्मा ९ विधेयक दर्ता, कानुन निर्माणलाई तीव्रता दिने सरकारको तयारी

काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...

मधेशको तनावबारे प्रधानमन्त्रीले थाले मधेशकेन्द्रित दलका शीर्ष नेतासँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...

ब्रोड पिक हिमपहिरो अपडेट: ४ जनाको शव फेला

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...

मन्दिर अगाडि मृत भेटिएको घटना धार्मिक विवादसँग जोडिएको हैन: प्रहरी

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...

सामाजिक सद्भावमा जोड, सुरक्षा संयन्त्र सक्रिय

मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...

ब्रोड पिक हिमपहिरोमा सम्पर्कविहीन १० आरोही को–को हुन् ?

काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending