व्यवसायीले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान पुनः सञ्चालन गर्ने सरकारको यसअघिको निर्णयानुसार बिदामा बसेका कर्मचारीलाई कार्यालयमा बोलाएर पर्यटन उद्योग सञ्चालन गर्न तयारी रहे पनि उडान अनिश्चित बन्दा व्यवसायी थप मारमा परेका बताएका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागार्इंले विदेशी पर्यटकलाई राज्यले अवलम्बन गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न लगाएर सेवा विस्तार गर्नुपर्ने बताए । “नेपाल भित्रिने स्वदेशी तथा विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै कक्ष स्थापना गरी त्यहीँबाट पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्छ, जसले गर्दा राष्ट्रिय गरिमा समेत अभिवृद्धि गरी अन्तर्राष्ट्रियजगत्मा अत्यन्तै सकारात्मक सन्देश प्रवाह हुन्छ”, उनले बताए ।
व्यवसायीले पर्यटन उद्योग र उड्डयन क्षेत्र, छिमेक मुलुकलगायत अन्तर्राष्ट्रियजगत्मा क्रमशः खुल्दै गएको भएता पनि नेपालमा खुला गर्न नसक्दा विश्व पर्यटन बजारमा नेपालको पर्यटन क्षेत्रका बारेमा नकारात्मक सन्देश जाने भन्दै स्वास्थ्य मापदण्ड अपनाएर खुला गर्नु आवश्यक रहेको बताएका छन् । कोभिड अनुकूलताका कार्ययोजना बनाएर पर्यटकीय गतिविधि सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको माग छ ।
मुलुकमा पछिल्लो दुई महिनादेखि दैनिक सातदेखि १० चार्टड उडान सञ्चालन भए पनि उक्त उडानले राज्यको आर्थिक गतिविधिमा योगदान पुर्याउन नसकेको व्यवसायीको ठहर छ ।
भेटमा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोटो), हिमालय उद्धार सङ्घ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ), टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान), कैलाश यात्रा सङ्घ, ठमेल पर्यटन विकास परिषद्लगायत झण्डै दुई दर्जन संस्थाको सहभागिता रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: