काठमाडौं । नेकपा सचिवालय बैठकमा पार्टी समस्या समाधानका लागि गठित कार्यदल अनुमोदन मात्रै एजेन्डा भए पनि वरिष्ठ नेता माधव कुमार नेपालले भने दोस्रो एजेन्डा पनि छलफलका लागि प्रस्ताव गरेका थिए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - उनले विश्वमा देखिएको कोरोना महामारीले नेपालमा पनि ठूलो क्षति पुर्याइरहेकाले यसको रोकथाम र नियन्त्रण तथा प्राकृतिक विपत्मा केन्द्रदेखि स्थानीय तहसम्मका सरकार र जनप्रतिनिधिले खेलेको भूमिकाबारे अध्ययन गर्न पार्टीले बेग्लै कार्यदल बनाउनुपर्ने भन्दै छलफलका लागि प्रस्ताव गरेका थिए।
उनले त्यसका लागि पार्टीको प्राकृतिक विपत् व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधारको संयोजकत्वमा आवश्यकताअनुसार सम्बन्धित विज्ञहरूलाई पनि सदस्य राखेर कार्यदल बनाउन सकिने भन्दै अर्को एजेन्डाका रूपमा छलफल गर्न माग गरेका थिए ।
नेपालको प्रस्तावलाई प्रचण्डसहित खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सकारात्मक भन्दै पहिले पार्टीद्वारा गठित कार्यदलले प्रतिवेदन बुझाएपछि अर्को बैठकमा छलफल गरेर निर्णयमा जान उपयुक्त हुने जवाफ दिएको नेताहरूको भनाइ छ । नेपालले संयोजक प्रस्ताव गरेका तुलाधारले जापानबाट प्राकृतिक विपत्तिका सम्बन्धमा विद्यावारिधि गरेका छन् ।
बैठकमा उपाध्यक्ष वामदेव गौतमले भने पार्टी कमिटी असफल भएको सन्देश जाने गरी कार्यदल बनाइएको भन्दै आपत्ति जनाएका थिए । गौतमले अध्यक्षहरूले चाहेअनुसार कार्यदल बनेको र व्यक्तिगत हिसाबले नै सुझाब लिन खोजेको हो भने सचिवालयमा बहस र छलफल गर्नुको औचित्य नै नरहेको धारणा राखेका थिए ।
‘कार्यदल किन अनुमोदन गर्ने ? अध्यक्षहरूले व्यक्तिगत रूपले चाहेका कारण बनेको हो भने के बनाउनुपर्ने हो, के सुझाब लिनुपर्ने हो, लिनुस्, सचिवालयमा किन छलफल गरिराख्नुपर्यो ?’
गौतमको असन्तुष्टि उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘होइन, कमिटीबाट निर्णय गर्ने हो भने त सचिवालयले नाममा पनि छलफल गरेर बनाउनु पथ्र्यो, सचिवालय असफल भएको सन्देश गइसकेपछि निर्णय गर्नु र नगर्नुको अब कुनै अर्थ रहेन ।’
पार्टीभित्र विवाद समाधानका लागि गौतमले गत १३ साउनमा बालुवाटारमा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्यहरूको बैठकमा ६ बुँदे प्रस्ताव राखेका थिए । सोमबारको बैठकमा गौतमले त्यही प्रस्तावका आधारमा पार्टीभित्र विवाद समाधान गर्न सकिने भएकाले त्यस प्रस्तावमाथि सचिवालयमा छलफल नगराएको भन्दै कूटनीतिक हिसाबले विरोध जनाएको सचिवालयका नेताहरूको दाबी छ ।
उनले घुमाउरो तरिकाले आफूले प्रस्ताव गरेको सहमतिको सूत्रअनुसार नै समाधान हुन लागिरहेकाले कार्यदलको नेतृत्व पनि आफैँ भइदिए राम्रो हुन्थ्यो भन्ने आशयसहित धारणा राखेको नेताहरूको भनाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: