Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

पदको बार्गेनिड गरेर गएका हुन्थ्यौँ भने पार्टी एकता नै हुँदैनथ्यो : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले प्रधानमन्त्री केपी ओलीसँग प्याकेज सहमति हुन लागेको बताएका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष दाहालले संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन, थपघट, ठूला राजनीतिक नियुक्ति, स्थायी समिति एजेन्डामा साझा सहमति हुने बताएका हुन् । उनका अनुसार अधिकार बाँडफाँट, प्रतिपक्षी दलसमेतको साथमा संवैधानिक नियुक्तिलगायत विषय पनि प्याकेजमा टुंग्याइने छन्।

‘दुइटा अध्यक्षबीच पनि समझदारी बनाएर टुंगो लगाउने भन्नेमा हामी सबै सहमत छौं। त्यसकारण अब एकएक व्यक्तिका निम्ति झगडा भएर बस्दैन भन्ने मेरो विश्वास छ’, उनले भने। नेकपामा पौडेल नेतृत्वको कार्यदलले सुझाव प्रस्ताव ल्याएपछि स्थायी समितिबाट पारित गर्ने र केन्द्रीय समिति हुँदै महाधिवेशनमा जाने तयारी छ। ‘स्थायी समितिबाट प्रस्ताव पारित गर्ने र केन्द्रीय समितिबाट महाधिवेशनमा जाने भनेपछि अब पदको कुरा छैन। यो विषय हामो मुख्य हिजो पनि थिएन। मान्छेले बुझ्दा यो हाम्रो बहस पदकै लागि भएको हो कि भन्ने नेगेटिभ (नकारात्मक) अलि बढी गयो। यथार्थ त्यस्तो होइन’, दाहालले भने, ‘पार्टी एकताको कुरा गर्दा होस् या गठबन्धन गरेर चुनावमा जाँदा हामी पदको बार्गेनिड गरेर गएका थिएनौं, पदको बार्गेनिड गरेर गएका हुन्थ्यौं भने पार्टी एकता नै हुँदैनथ्यो।’

नेकपाका दुई अध्यक्ष केपी ओली र दाहालले गत शुक्रबार महासचिव पौडेलको नेतृत्वमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए। यो कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री ओलीले गत साता ५ दिनभित्रै पार्टीमा नयाँ सिनारियो देखिने बताएका थिए। दाहालले पनि तत्काल नयाँ परिस्थिति निर्माण हुने बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending