पोखरा । पोखरामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई प्रहरीलाई शोक सलामी अर्पण गरिएको छ । पोखरा ५ मालेपाटनमा बुधवार ड्युटीकै क्रममा बोलेरो जीपले ठक्कर दिँदा प्रहरी हवल्दार डम्बरबहादुर थारु र प्रहरी जवान चन्द्रबहादुर बगाले घाइते भइ उपचारका क्रममा ज्यान गएको थियो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रांगणमा गण्डकी प्रदेश प्रहरी प्रमुख तथा डिआइजी घनश्याम अर्यालको उपस्थितिमा शोक सलामीसहित श्रदाञ्जली व्यक्त गरिएको हो । डिआइजी अर्यालले प्रहरी संगठनको झण्डा ओढाई पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरे ।
इमान्दार र कर्तव्यनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँनु पर्दा नेपाल प्रहरी संगठनलाई क्षति पुगेको डिआइजी अर्यालले बताए । शोक सलामी कार्यक्रममा संघीय प्रहरीइकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख लगायतको उपस्थित थिए ।
मोटरसाइकलमा गस्तीको क्रममा बागलुङ बसपार्कबाट जिरो किमी जाने क्रममा सोही दिशाबाट आउँदै गरेको बलेरो जीपले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो । बर्दिया बढैयाताल का ३४ वर्षीय प्रहरी हवल्दार थारु २०६२ असारमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
पाल्पा रिप्दिकोट गाउँपालिका ८ घर भएका प्रहरी जवान बगाले २०७६ साउन १ गते देखि नेपाल प्रहरीमा संगठनमा प्रवेश गरेका थिए । दुवै जना वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: