काठमाडौं । कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन । अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.७७ बिन्दुले बढेर एक हजार ४१.३४ मा पुगेको छ । यस्तै कारोबार पनि आज रु. एक अर्ब माथि भएको छ ।
कूल १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर रु एक अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार २.५६, जलविद्युत् १.३८ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ४.८, होटल २३.९४, विकास बैंक ७.९३, वित्त ६.०३, निर्जीवन बीमा २३३.२२, उत्पादन ८८.२३, अन्य ४.१४, लघुवित्त २३.६१ र जीवन बीमा १७३.८४ ले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ६४ लाख तीन हजार ८१९ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु सात करोड १९ लाख ८७ हजार ३८१, नेपाल पुनरबीमा कम्पनी रु ६ करोड ६८ लाख ११ हजार ३३०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५ करोड ७४ लाख ५६ लाख ८५, प्रभु इन्स्योरेन्स कम्पनी रु चार करोड २४ लाख ९७ हजार ५५१ र नेपाल इन्स्योरेन्स कम्पनी रु तीन करोड ५३ लाख ३९ हजार १४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार समृद्धि फाइनान्स ९.७७, नेको इन्स्योरेन्स ७.२४, तारागाउँ रिजेन्सी होटल ६.५०, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनीले ६.३७ प्रतिशतले कमाए । पञ्चकन्या माइ हाइड्रो पावर ३.७०, यूनियन हाइड्रोपावर ३.२८, साधना लघुवित्त २.७२, साञ्जेन जलविद्युत कम्पनी २.१९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: