Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सीपीएलमा विकेटसँगै सन्दीप लामिछानेको किफायती बलिङ

काठमाडौं । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल भएका छन् ।

उनले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गरे । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिए । जमैका तलावाजबाट खेलिरहेका उहाँले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए । योसँगै जारी प्रतियोगितामा सन्दीप ४ खेलमा ५ विकेट लिन सफल भए । ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा टस जितेर सन्दीपको टोली जमैकाले बलिङ रोजेको थियो ।

सन्दीपले खेलको १०औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्दै मात्र तीन रन दिएका थिए । खेलको १२औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै उनले चार रन खर्चेर एक विकेट लिए । सो ओभरको पहिलो बलमा नै उनले सिर्फान रदरफोर्डको विकेट लिए । रदरफोडलाई एक रन बनाएको अवस्थामा सन्दीपले आसिफ अलीको हातबाट क्याचआउट गराएका थिए। खेलको १४औं ओभरमा आफ्नो तस्रो ओभर बलिङ गर्दै उहाँले मात्र एक रन विपक्षी खेलाडीलाई बनाउन दिए । खेलको १६औं ओभरमा सन्दिपले आफ्नो अन्तिम ओभर बलिङ गर्ने क्रममा चार रन खर्चिए । आजको खेलमा उनको बलमा विपक्षी खेलाडीले चौका र छक्का हिर्काउन सकेनन् ।

यसअघि पहिला ब्याटिङ गर्दै गुएनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाउन सक्यो । जमैकाले १०९ रनको विजय लक्ष्य ५ विकेटको नोक्सानीमा १८ ओभरमा पूरा गर्यो । जमैकाका लागि मुजिब उर रहमान तथा फिडेल इडवार्डले तीन÷तीन विकेट लिए । गएनाका लागि रोस टेलरले सर्वाधिक २३ रन बनाए ।

यस्तै १०९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि नकु्रमह बोनरले सर्वाधिक ३० तथा ग्लेन फिलिप्सले २६, जेरमाइन्ड ब्लाकवुडले २३ तथा आन्द्रे रसेलले अविजित २३ रन बनाए। बलिङतर्फ गुएनाका नविन उल हकले दुई तथा इमरान ताहिर, अश्मद निद र किमो पउलले एक एक विकेट लिए । जितसँगै सन्दीपको टोली जमैका अङ्क तालिकाको चौथो स्थानमा उक्लेको छ । जमैकाले हालसम्म दुई खेलमा जित तथा दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । यस्तै गुएना आजको खेलमा हारे पनि तेस्रो स्थानमा छ । गुएनाले हालसम्म पाँच खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ । सन्दीप टोली जमैकाले अब पाँचौँ खेल बिहीबार बिहान सवा तीन बजे बार्बाडोस ट्रिडेन्टससित खेल्नेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending