सप्तरी । सप्तरीमा लगाइएको धानबालीमा गवारो रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
एक महिनाअघि आएको बाढीले धानबालीमा ठूलो क्षति पुर्याएको र अहिले गवारो रोग देखिन थालेपछि किसान थप चिन्तित बनेका हुन् ।
यस वर्ष अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एक महिनाअघि आएको बाढी र अहिले एकाएक रोगको प्रकोप देखिन थालेपछि मारमा परेका हुन् । “समयमै वर्षात् भएका कारण यस वर्ष रोपाइँ सकेका थियौँ”, तिलाठी कोइलाडी गाउँपालिकाका किसान श्यामसुन्दर खडगाले भने, “यस वर्ष धान उत्पादन बढ्ने भो भनेर खुशी भएका थियौँ । तर बाढी र गवारो रोगको प्रकोप देखिएपछि चिन्तित भएका छौँ ।”
पुतली प्रजातिको गवारो किराले धानको गाभा काटेर क्षति गर्ने गरेको किसान वताउँछन् । किराको प्रकोप वढ्दै जाँदा धानको वोट सुकेर पहेंलो हुन थालेको छ । एक महिनाअघि आएको बाढीबाट बचेका धानबालीमा अहिले गवारो रोगले नष्ट हुन थालेपछि आफूहरु चिन्ता बढेको अर्का किसान लाल माझीले बताए । समयमै रोग निर्मूल पार्न नसके बाली सखाप हुने र किसान भोकभोकै हुनुपर्ने अवस्था आउन सक्ने उनले बताए । सप्तरी धान खेतीमा अब्बल मानिन्छ ।
जिल्लाको तिलाठी कोइलाडी, विष्णुपुर, बालन बिहुल र खडक गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकालगायत क्षेत्रको धानबालीमा गवारो रोगको प्रकोप बढी देखिएको छ । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखि ७० प्रतिशत क्षति पुर्याएको बताए । प्रकोप नियन्त्रण तथा किसानलाई राहत प्रदान गर्न गाउँपालिकाको साधान स्रोतले भ्याएसम्म आफूले पहल गरिरहेको उनको भनाइ छ । रोग नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारलाई पनि सहयोग गर्न आग्रह गरिएको उनले बताए ।
बाढी र कोरोनाको कहरबाट उन्मुक्ति नपाउँदै धानबालीमा देखिएको गवारो रोगको प्रकोपले आफूहरु थप मारमा परेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले खेतमा प्रयोग गरिने रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मात्रा नमिल्दा पनि बालीको जरा कमजोर भई किराको आक्रमण बढेको बताए । पुतली जातको गवारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको बताउँदै उनले यसको रोकथाम तथा नियन्त्रणका लागि प्राविधिक खटाइने काम भइसकेको जानकारी दिए । रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मलको सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर भई किराले आक्रमण गर्न थालेको उनको भनाइ छ ।
जिल्लाको उत्तरी भागमा गवारो किराको प्रकोप बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सप्तरी, सिरहालगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा यो रोगले धानबालीमा क्षति गर्ने गरेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि किसानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । किसानमा प्राविधिक ज्ञानको कमी र किराका लागि अनुकूल वातावरण भएका कारण गवारो रोगेको प्रकोप बढी देखिएको बताइएको छ । “दैनिक १०÷१२ जना किसान धानमा रोग लागेको भन्दै बोट बोकेर आउने गरेका छन्”, प्रमुख यादवले भने, “धेरैजसो बाढीग्रस्त क्षेत्रमा समस्या देखिएको छ । बीउबिजन गुणस्तरीय नहुदा बर्षेनी समस्या हुने गरेको छ ।”
रोगको पहिचान गरी किसानलाई विषादी प्रयोग गर्न सुझाव दिएको र यसबाट रोग नियन्त्रण हुने दाबी कृषि प्राविधिकको छ । गवारो रोगका लागि कोलोरो पाइरिफस नामक विषादी प्रयोग गर्न किसानलाई सुझाएको कृषि प्राविधिकको भनाइ छ । रोग हेरेर मात्र विषादीको प्रयोग गर्न पनि उनीहरुको सुझाव छ ।
जिल्लामा यो वर्ष ६२ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानबाली गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: