Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रदेश–२ सरकार : मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै

काठमाडौं । प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो ।

आजको राजधानी दैनिकमा खबर छ - मुलुकमा सात प्रदेश रहेकामा ६ वटामा नेकपा नेतृत्वको एकल सरकार छ । प्रदेश २ मा जसपाले एकल सरकार बनाएको छ । राजपा र संघीय समाजवादी मिलेर २ नम्बर प्रदेशमा सरकार गठन गरेको भए पनि अहिले ती दल मिलेर जसपा बनेको हो ।

जसपा नेतृत्वले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतको अढाई वर्षे कार्यकाल पार्टीले सोचेअनुसारको प्रतिफल दिन नसकेको निष्कर्षसहित पूरै टिम परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी घोषणापत्र, मधेस आन्दोलनको भावना तथा जनताको चाहनाअनुसार राउत सरकारले काम गर्न नसकेको जसपाको निष्कर्ष रहेको छ ।

मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टीबाट संसदीय दलको नेता चयन भएका थिए । राजपाबाट संसदीय दलको नेतामा जितेन्द्र सोनल छानिएका थिए । सोनल अहिले भौतिक योजना मन्त्री छन् । दुई दल एकीकरण भएकाले २ नम्बर प्रदेशमा जसपाको संसदीय दलको नेता चयन गर्नुपर्ने अवस्था समेत आएको छ । अब पार्टी एकीकरण भइसकेको अवस्थामा दुई जना संसदीय दलको नेता नहुने र नयाँ बन्ने नेता नै मुख्यमन्त्री हुने जसपा स्रोतले जनाएको छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका साथै वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोले २ नम्बर प्रदेश सरकार परिवर्तन गर्ने विषयमा गम्भीर आन्तरिक तयारी थालेको स्रोतको दाबी छ ।

जसपा सचिवालयमा रहेका पाँचै जना नेतालाई मनिष सुमन, पारस साह, किशोरी यादव, शारदाशंकर कलवार, विन्देश्वर यादव, बावुलाल साह, कौशल यादव, प्रहलाद गिरी, सञ्जय यादव, अशोक यादवसहित १५ भन्दा बढी प्रदेश सांसदहरूले गत साता भेटेरै सरकार गठनका बारेमा छलफल गरेका छन् ।

सचिवालयमा रहेका पाँचै जना नेताले केन्द्रबाट तोकेर कसैलाई पनि संसदीय दलको नेता नबनाउने भन्दै दलको नेता सांसदहरू आफैँले लोकतान्त्रिक पद्धतिअनुसार चयन गर्नुपर्ने जनाएका छन् ।

‘हिजोको जस्तो माथिबाट तोकेर संसदीय दलको नेता चयन गरिँदैन, तपाईंहरू आफैँ लोकतान्त्रिक प्रक्रियाअनुसार चयन गर्नुहोला । हाम्रो हस्तक्षेप वा सहयोग कसैलाई पनि हुँदैन,’ सचिवालयमा रहेका पाँचै जना नेताले भनेका छन्, ‘माथिबाट तोकेर नेता चयन गर्दा पार्टी घोषणापत्र, मधेस आन्दोलनका साथै जनताको चाहनाअनुसार सरकारले काम गर्न सकेन ।’

संसदीय दलको नेता सांसद आफैले चयन गर्ने र उही मुख्यमन्त्री हुने शीर्ष नेताहरूले स्पष्ट पारेका छन् । मुख्यमन्त्री हुनेले आफै मन्त्रिपरिषद् विस्तार गर्ने र यसरी गर्दा सरकारको काम प्रभावकारी हुनेमा उनीहरू विश्वस्त छन् । अहिले २ नम्बर प्रदेशमा रहेका मन्त्रीहरूलाई विभिन्न आरोप लाग्दै आएकामा सचिवालयका नेताहरूले चिन्तासमेत व्यक्त गरेका छन् ।

यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

२ नम्बर प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने तयारी भइरहेकै बेला नयाँ बन्ने मुख्यमन्त्रीले आफ्नो दाबेदारी प्रस्तुत गर्दै रणनीति बनाउन थालेका छन् ।

उता, मुख्यमन्त्री राउत आफैं पनि फेरि मुख्यमन्त्री बन्ने सोचमा छन् । भौतिक मन्त्री सोनल पनि मुख्यमन्त्रीको दाबी गर्न थालेका छन् । अर्थमन्त्री विजय यादव, सांसद मनिष सुमन, उपेन्द्र महतोसहित दर्जनभन्दा बढी नेताहरू नयाँ मुख्यमन्त्रीका दाबेदार रहेका छन् । संसदीय दलको नेता भए सर्वसम्मत नभए निर्वाचनबाट पनि हुने रणनीतिमा यी नेताहरू रहेको जसपा स्रोतले जनाएको छ ।

सरकारमा रहेका राउत, सोनल, यादवलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने पक्षमा सचिवालयका कुनै नेता देखिएका छैनन् । सरकारमा भएकाले यी मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएका कारण संसदीय दलको नेता हुने सम्भावना कम रहेको जसपा स्रोतको दाबी छ ।

सरकारमा नभएका तर प्रभावकारी काम गर्न सक्ने क्षमता भएका अन्य नेतालाई संसदीय दलको नेता बनाउने र उसैलाई मुख्यमन्त्री बनाएर जनताको काम सम्बोधन गर्ने पक्षमा सचिवालयका नेताहरू रहेका छन् ।

यी दाबेदारमध्ये सुमन शक्तिशाली देखिन्छन् । जसपाभित्रको शक्ति सन्तुलनअनुसार महतोले इच्छा राखेको भए पनि उनी निर्वाचन लड्ने पक्षमा छैनन् । निर्वाचन भएको अवस्थामा राउत, सोनल र सुमन भिड्ने पक्कापक्की रहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy