डोटी । मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न शुरु गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको ३६ नम्बर गणबाट खटिएको प्रहरी टोलीले चेतावनी स्वरुप रु १०० जारीवाना तिराउन शुरु गरेको हो । फिल्डमा खटिएको प्रहरी टोलीले बिहीबारसम्म कम्तिमा पनि ४०० भन्दाबढी मास्क प्रयोग नगरी हिड्नेलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मास्क प्रयोग नगरी बजार हिड्नेलाई कारबाही गर्न थालेपछि यहाँका स्थानीय अहिले मास्क प्रयोग गर्न थालेका छन् ।
मास्कको प्रयोग नगरी हिँड्ने तथा सवारी साधन चलाउनेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताउ । उनले भने, “कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको छ, मास्क प्रयोग नगर्नेलाई जारीवाना तिराउन थालेका छौँ, अटेर गर्नेलाई थप कारबाही गर्छौँ ।” प्रहरी नायव निरीक्षकको कमान्डमा यहाँका प्रमुख व्यापारी केन्द्र तथा बढी मानिसको भीडभाड हुँने क्षेत्रमा प्रहरी टोली खटिएको प्रहरी प्रमुख तथा एसपी पाण्डेले जानकारी दिए । प्रहरीले कारबाही गर्न शुरु गर्नु अघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक सातासम्म मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
यहाँको प्रहरीले ‘कोरोनाबाट सचेत बनौँ, आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने जस्ता सन्देशमुलक सूचनाहरु पनि प्रवाह गर्न थालेको छ । प्रहरीले मास्कको प्रयोग नगर्नेलाई कारबाही गर्न थालेपछि जिल्लामा मास्क प्रयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी रतन कठायतले बताए । उनले भने, “यहाँका नागरिकले कोरोनालाई ख्याल ठट्टा मानी निकै लापरवाही गर्दै आएका थिए, प्रहरीले कारबाही गरी जारीवाना तिराउन थालेपछि प्राय बजार घुम्ने सबैले मास्क प्रयोग गर्न थालेका छन् ।” मास्क प्रयोग गर्न अटेर गर्नेलाई कारबाही स्वरुप जरिवाना तथा कारोना भाइरसको बारेमा जानकारी गराएर छाड्ने गरिएको तथा स्वास्थ्य सावधानी नअपनाई भीडभाड गरी हिडडुल गर्न थालेपछि कोरोना सङ्क्रमण फैलने डरले कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । “समान्यतया रु ५ को मास्क किन्न नसक्ने को हुन्छर ?” उनले भने, “कोरोनासँग खेलवाड गर्नेलाई हामीले ठाउँको ठाउँ कारबाही गर्न थालेका छौँ, केहीलाई सम्झाइ बुझाइ गरी पहिलो पटक छोड्ने गरेका छौँ, अर्को पटक गल्ति दोहरीए छोडिन्न ।” सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार डोटी जिल्लामा मात्रै पछिल्लो समय ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका स्थानीयमा मात्रै अहिले सम्म कोरोना सङ्क्रमण देखिएको छ । घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको खण्डमा वा सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले बताए । उनले भने, “कोरोना सङ्क्रमणबाट जोगिन हामीले आम नागरिकलाई सचेतना दिन थालेका छौँ, अटेर गरेको पाइए ऐनअन्तर्गत कारबाही हुन्छ ।” यतिमात्र नभइ प्रहरीले पहिलो चरणमा मास्क प्रयोग गर्न सचेतना जगाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा निःशुल्क मास्क वितरण पनि गर्न थालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेशबहादुर शाहीले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: