काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो ।
शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो । लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि जित आवश्यक थियो । सन्दीपको दुई विकेटको मद्दतमा विजयी भएको जमैका जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । सेन्ट किट्स भने जमैकासितको हारसँगै अङ्क तालिकाको पुछारमै सीमित बनेको छ । जमैकासितको हारले उसलाई अन्तिम चारमा रहनका लागि अब निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ । जमैकालाई भने सेन्ट किट्ससितको जितले उपाधि होडमा रहिरहन सहज भएको छ ।
सन्दीपको टोली जमैकाले हालसम्म खेलेको छ खेलमा तीनमा जित तथा तीनमा हार बेहोर्दै छ अङ्क बटुलेको छ । सेन्ट किट्सले भने ६ खेलमा एकमा जित तथा पाँचमा पराजित हुँदै मात्र दुई अङ्क हासिल गरेको छ । लिगको उपाधि होडको बाटो सेन्ट किट्सका लागि कठिन बनेको छ ।
शनिबार छैटौँ खेल खेल्दै सन्दीपले सेन्ट किट्सविरुद्धको खेलमा दुई विकेट लिँदै ट्रिनिडाडमा जारी प्रतियोगितामा टिममा आफ्नो स्थान सुरक्षित राखे । सन्दीपले अहिलेसम्म विकेटबिहीन हुनुपरेको छैन । उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण जमैकाले हालसम्म खेलेका सबै खेलमा सन्दीपले खेल्ने अवसर प्राप्त गर्नुभएको हो । उहाँले हालसम्म छ खेलमा नौ विकेट लिएका छन् । सेन्ट किट्सविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए। उनले इभेन लुइस र इस सोढीको विकेट लिएको हो ।
टस जितेर जमैकाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर १४७ रन बनायो । एक सय ४८ रनको विजय लक्ष्य पछ्याएको सेन्ट किट्सले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो । जमैकाका लागि ग्लेन फिलिप्सले अविवित ७९ रन बनाए। उनले यसक्रममा ६१ बल खेल्दै छ छक्का तथा दुई चौका प्रहार गरे । यस्तै जर्मेन ब्ल्याकउडले २७, नकु्रम बोनरले १६ तथा आशिफ अलीले १४ रनको योगदान दिए । बलिङतर्फ सेन्ट किट्सका रियाद इमरितले तीन विकेट लिए ।
जमैकाका बलर सन्दीप तथा कार्लोस ब्रेथह्वाइट, फिडेल एडवार्ड, भिरासम्मी परमुलले सेन्ट किट्सको ब्याटिङ लाइन ध्वस्त पारे । कार्लोसले तीन तथा एडवार्ड र परमुलले सेन्ट किट्सको दुई दुई विकेट लिए। मुजिबउर रहमानले एक विकेट लिए। ब्याटिङतर्फ सेन्ट किट्सका लागि केइरन पउलले २१, इभेन लुइसले २१, निक केलीले १६, डेनिस रामदिनले १३ तथा इमरान खानले १० रन बनाए। अब सन्दीपको टोली जमैकाले आफ्नो सातौँ खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्सविरुद्ध खेल्नेछ ।
यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सिपिएल भदौ २५ गतेसम्म चल्ने छ । सीपीएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन् । यस यामको आइपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभई युएईमा हुँदैछ । सन्दीपले आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नु हुनेछ । उहाँ दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: