Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

अमेरिकामा पाकिस्तान विरुद्ध प्रदर्शन

न्युयोर्क । अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिका रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तानको सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन् ।

नागरिकलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार त्यहाँ प्रदर्शन भएको न्युयोर्कबाट दिइएको समाचारमा जनाइएको छ । पाकिस्तानमा पनि नागरिकहरुलाई जबर्जस्ती बेपत्ता बनाउने क्रम नरोकिएको भन्दै यसविरुद्ध प्रदर्शन भएको ती प्रदर्शनकारीहरुले बताएका छन् ।

पाकिस्तानका अल्पसंख्यक समुदायका नागरिकलाई जबर्जस्ती अपहरण गरेर बेपत्ता बनाउने गरिएको र पछिल्लो समयमा सो क्रम अझ बढ्दै गएको भन्दै त्यस कार्यका विरुद्धमा सो प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरुले यस्तो कार्य तुरुन्त रोक्न पाकिस्तान सरकार र त्यहाँको सेनासमक्ष माग पनि गरेका थिए । प्रदर्शनका सहभागीले भनेका थिए– हामी पाकिस्तानी सरकरको यस्तो कार्यको कडा रुपमा विरोध गर्दछौँ र उनीहरुले यस्ता कार्य तत्कालै बन्द गरुन् भन्ने चाहन्छौँ ।

उनीहरुका अनुसार पाकिस्तानको सेना र त्यहाँका गुप्तचर निकायका अधिकारीहरुले नै कैयौँ राजनीतिकर्मी, विभिन्न पेशामा लागेका व्यक्ति र पत्रकारहरु समेतलाई बेपत्ता बनाएका छन् । यसरी जबर्जस्ती बेपत्ता बनाइएका व्यक्तिहरुको संख्या पाकिस्तानमा हजारौँ रहेको उनीहरुको भनाई छ । सो क्रम अहिले पनि नरोकिएको बरु झनै बढ्दै गएको उनीहरुको भनाई छ ।

सो पदर्शनमा सहभागी भएका एकजना व्यक्ति नजिब खानले भन्नुभएको छ– हामीले पाकिस्तानको सेना र त्यहाँको सरकारको समेत यो गलत कार्यका बारेमा विश्वमा नै थाहा दिन यहाँ आएर प्रदर्शन गरेका हौँ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: