Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन समर्पित इजलास गठनको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं। सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई मध्यनजर गर्दै सरकारले मुद्दाको शीघ्र न्याय निरूपणका लागि जिल्ला अदालतहरूमा ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न सर्वोच्च अदालतसमक्ष प्रस्ताव गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा प्रधानन्यायाधीशलाई उक्त प्रस्तावसहितको प्रतिवेदन बुझाएको हो। सर्वोच्च अदालतले २०८२ माघ ११ गते जारी गरेको निर्देशनात्मक आदेशअनुसार सहकारी कसुरका मुद्दाको चाप बढी रहेका जिल्ला अदालतमा आवश्यकताअनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी कार्यान्वयनका लागि पहल गर्न भनेपछि मन्त्रालयले कार्यदल गठन गरेको थियो।

मन्त्रालयका अनुसार सहकारी क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राख्दै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित प्रधानन्यायाधीश डा। मनोज शर्मालाई प्रतिवेदन हस्तान्तरण गरेकी हुन्।

कार्यदलले सहकारी कसुरलाई सामान्य ठगीभन्दा फरक प्रकृतिको अपराधका रूपमा व्याख्या गरेको छ। प्रतिवेदनमा ठूलो संख्यामा बचतकर्ता, उनीहरूको सम्पत्ति तथा मुलुकको वित्तीय प्रणालीमा प्रत्यक्ष असर पर्ने भएकाले यस्ता मुद्दाको सुनुवाइलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन ढिलाइ हुने, न्याय प्रक्रियामा विलम्ब हुने र दोषीलाई कानुनी प्रक्रियाको कमजोरीको लाभ उठाउने सम्भावना बढ्ने औँल्याइएको छ।

यही कारणले पीडितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुन:स्थापित गर्न तथा वित्तीय सुशासनलाई सुदृढ बनाउन समर्पित इजलास गठन आवश्यक रहेको निष्कर्ष कार्यदलले निकालेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

प्रवेश परीक्षा दिन गएका युवाले विश्वविद्यालयको छतबाट हाम फाल्दा मृत्यु

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रवेश परीक्षा दिन पुगेका एक युवाको भवनबाट हाम फालेपछि उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला...

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव फेला

इस्लामाबाद। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ । तीमध्ये तीन ज...

सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन समर्पित इजलास गठनको प्रस्ताव

काठमाडौं। सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई मध्यनजर गर्दै सरकारले मुद्दाको शीघ्र न्याय निरूपणका लागि जिल्ला अदालतहरूमा ‘सहकारी कसुर हेर्ने समर्...

धनुषामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

महोत्तरी । धनुषा जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइ निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार सूचना जारी गर्दै साउन १४ गते ...

लहानमा कर्फ्यु हट्यो

लहान। सिरहाको लहान क्षेत्रमा बुधबार अपराह्न ४ बजेदेखि लागू गरिएको कर्फ्यु शनिबार बिहान १० बजेदेखि हटाइएको छ। कर्फ्यु हटाइएसँगै लहानमा सद्भाव र्‍याली न...

सामाजिक सद्भावका पक्षमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन, माइतीघरबाट एकता र्‍याली

काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...

वीरगञ्जमा फेरि निषेधाज्ञा, शुक्रबार साँझदेखि शनिबार बिहानसम्म लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending