भक्तपुर । सैनिक श्रीमती संघले मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बस्दै आएका कोरोना सङ्क्रमित एकैघरका १४ जना परिवारलाई खाद्यान्न वितरण गरेको छ । राष्ट्रिय समाचार समितिबाट (रासस)यही भदौ १४ गते आइतबार ‘जब एकाघरका १४ जना कोरोना सङ्क्रमित भए...’शीर्षकको समाचार सम्प्रेषण भएको थियो । यसपछि संघले पीडित परिवारलाई तीनमहिनालाई पुग्ने खाद्य सामाग्री प्रदान गरेको हो ।
रामेछापबाट सातवर्ष अगाडि बोडेमा जग्गा भाडामा लिएर टहरा हालेर बस्दै आएका चारदिन र तीन महिनाको सुत्केरी, ७, ८ र ९ वर्षका बालवालिकादेखि ७५ वर्षीया जेष्ठ महिला समेत कोरोना सङ्क्रमित भएपछि समस्यामा परेका थिए । सङ्क्रमित सो परिवारलाई स्थानीयले एम्बुलेन्समा राखेर खरिपाटीस्थित आइसोलेशनमा पठाएका थिए । आइसोलेशनले पनि सोही राती नै पुनः सोही टहरामा मै फर्काइदिएको थियो । यसपछि उक्त परिवारलाई मानसिक तनावका साथै खाद्यान्नको अभावमा परेका विषयमा राससले समाचार सम्प्रेषण गरेको थियो ।
सङ्क्रमित परिवारमा खाद्यान्न अभाव नहोस भन्ने उद्देश्यले संघले टहरामा होम आइसोलेशन मै रहेका ती परिवारलाई खाद्यान्नसहितको सामाग्री प्रदान गरेको वीर दल सूर्यविनायकका गणपति एवं प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए ।
गणपति प्रमुख सेनानी पौड़ेल तथा बडाध्यक्ष रामकाजी चक्रधरको रोहवरमा संघले १० बोरा चामल, एक÷एक बोरा गेडागुडी, आलु र नून, एक बक्सा तेल, दुई/दुई केजी बेसार, मेथी, ज्वानोे, हर्लिक्स, बोर्न भिटा , चार बट्टा ल्याक्टोजिन, सुत्केरी तथा नवजात शिशुलाई न्यायो कपडा, पौष्टिक आहारा तथा गणले स्यानेटाइजर, मास्क र जुस प्रदान गरेको हो । संघले गरेको यस सहयोगले परिवारमा ठूलो राहत पुगेको सङ्क्रमितका परिवारले जनाएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: