गलेश्वर । वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावी खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृतिक स्रोत विनास हुनेक्रम बढ्दै गएको छ ।
हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना, कृषि सडक, चुनावी प्रतिबद्धता तथा स्थानीयको मागका आधारमा सडक विस्तार भइरहेको छ । सडक विस्तार गर्दा न वातावरणीय अध्ययनको मूल्याङ्कन गरिन्छ न त दक्ष प्राविधिकको राय लिइन्छ । पश्चिम र उत्तरी म्याग्दीमा गत असारयता गएका पहिरो र भएको मानवीय तथा भौतिक क्षतिको प्रमुख कारण जथाभावि खनिएका सडक नै भएको वन तथा वातावरण संरक्षणको क्षेत्रमा लागेको व्यक्तिको भनाइ रहेको छ । वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार दीगो विकासका न्यूनतम मापदण्ड पालन नगरी ठूला उपकरणको प्रयोग गरेर सडक खनिदा वर्षेनी बाढी र पहिराको प्रकोप बढ्दै गएको हो ।
वातावरणविद् सापकोटाले भने, “मानवीय क्रियाकलाप नै बाढी पहिराको प्रमुख कारण हो, यहाँको भूगोल पनि अत्यन्त कमजोर हुनु, भीरालो क्षेत्र र सोही क्षेत्रको सिरान र पुछारमा खनिएका मोटरबाटो विपत्तिका कारक हुन् ।” सापकोटाका अनुसार सडक विकासको मेरुदण्ड भएपनि निर्माण गर्दा केही निश्चित सर्तहरु पालना गर्नै पर्छ । ग्रामीण क्षेत्रका अधिकांश भूभागहरु भिरालो भएकोले त्यहाँ सडक खन्दा साना र हलुका इक्युभमेन्टको प्रयोग गर्नुपर्दछ । तर सस्तो र छिटो मोटरबाटो निर्माण गर्ने होडमा हेभी इक्युपमेन्ट प्रयोग गर्दा त्यसले जमीन खल्बलाइ दिने र पानी पर्दा बग्ने समस्या रहन्छ ।
त्यसैगरी सडक खनेपछि सडकको दुवैतर्फ पानीको निकास दिने, वृक्षरोपण गर्ने, फिलिङ गर्ने, सडकको कटिङ गर्दा प्राविधिक सल्लाह लिनुपर्छ । ग्रामीण सडकमा न्यूनतम मापदण्ड पूरा नगरिएको उनको भनाइरहेको छ । त्यस्तै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सन्तोष खनालले म्याग्दी जिल्ला तीन वटा ठूला जलप्रवाहको जलाधार क्षेत्र भएकाले यहाँको माटो बलौटे हुँदा बाढी र पहिराको उच्च जोखिममा रहेको बताए ।
उनले जथाभावी खनिएका सडकका कारण प्राकृतिक स्रोतको विनास भएता पनि म्याग्दीको हकमा भने वन क्षेत्र नघटेको र यसले वन पैदावर र जङ्गली जनावरलाई क्षति नपुगेको तर्क गरे ।
वन क्षेत्रमा नोक्सानी नभए पनि ग्रामिण क्षेत्रमा कृषि, जडिबुटी, बुट्यान र रुख विना प्रयोजन नष्ट गरिएको उनको भनाइ थियो । त्यसैगरी जैविक विविधतामा ह्रास आउनुका साथै प्रविधिको प्रयोग गरी खनिएका सडकमा वातावरणीय अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।
त्यसैगरी वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले भिरालो भूगोल, कमजोर भूवनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षाजस्ता प्राकृतिक कारण क्षति भएको बताए । उनले अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरीत जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्य, वनजङ्गलको विनाश, जनचेतनाको कमी आदि मानवीय कारणले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजारसमेत हरेक वर्ष बाढी र पहिरोको चपेटामा परी धनजनको क्षति हुँदै आएको छ भने ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना विसं २०७४ देखि शुरु भएको हो । त्यससमय आयोजनाका इञ्जिनीयर र प्राविधिकको वैज्ञानिक सडक सर्वे अध्ययन अभावका कारण बेनी—जोमसोम सडकको विभिन्न स्थानमा सालैपिच्छे बर्खायामको मौसममा वातावरणीय विनास हुँदै आइरहेको छ । त्यसो त सडक विस्तारको भौगोलिक सर्भेअघि त्यहाँका माटो परीक्षण लगायत अध्ययन गरिनुपर्ने हुन्छ ।
बेनी—जोमसोम सडकको म्याग्दी र मुस्ताङ खण्डको थासाङमा कमजोर भूसतहका कारण सडकसँगै आएको बाढीपहिरो र नदी कटानले वनजङ्गलको विनास भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: