Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

कारोना बाहेकका बिरामीको उपचारमा ध्यान दिन काँग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीर रुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दाखोज्दै र सङ्क्रमण आशङ्कामा उपचार नपाएर मृत्यु भएका घटना पटकपटक दोहोरिएको प्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ । यस्तो स्थिति दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै काँग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य सङ्कलन गर्ने निर्णय गरेको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिबाट यही भदौ २० र २१ गते बसेको बैठकले कोरोना महामारीका कारण बढ्दो मृत्युु र फैलँदो सङ्क्रमण दृष्टिगत गरेर उच्चस्तरीय सुरक्षा सतर्कताका लागि सबैमा अपिल गर्दै विविध माध्यमबाट सचेतनाको सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । विभागीय प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अध्यक्षतामा भएको बैठकले तीनै तहका सरकारलाई नवीन र ऐक्यबद्ध रणनीतिका साथ कोरोना सङ्क्रमणविरुद्ध युद्धस्तरमा कार्य गर्न अपिल गर्दै समुदायस्तरमा सङ्क्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा “एक घर एक परीक्षण” गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइसोलेशन विस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकारसमक्ष माग गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो । अभावका बीच कोरोना सङ्क्रमणसँग फ्रन्टलाइनमा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ । उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीको मनोबललाई असर पुग्ने गरी कहीँ पनि कुनै ढङ्गको गतिविधि हुन नदिन सबैमा बैठकले अपिल गरेको उनले बताए ।

बैठकले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात् गरेर विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई निःशुल्क उद्वारको प्रक्रिया अघि बढाउन सरकारसमक्ष माग गरेको छ । राजधानीलगायत मुलुकका आधा भूभागमा निषेधाज्ञा र लकडाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बैठकले स्थानीय तहमार्फत व्यवस्थित ढङ्गले राहत वितरण गर्ने गरी व्यावहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपिल गरेको छ ।

बैठकले कोरोना महामारीका कारण चुनौती ब्यहोरिरहेका सञ्चारमाध्यमलाई संरक्षण गर्न र त्यसमा कार्यरत देशभरका पत्रकार कसैलाई पनि बेरोजगार बन्न नदिने दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको छ । यसैगरी बैठकले फ्रन्टलाइनमा कार्य गरिरहेका पत्रकारको परीक्षण, सुरक्षा ब्यवस्थापन र उपचारमा विशेष निर्णयका साथ कार्य गर्न समेत सरकारको ध्यानाकर्षण गरएको छ । सरकारले निजी अस्पताललाई समेत पिसिआर परीक्षणको अनुमति दिइसकेका अवस्थामा कोरोनाको बीमा गरेका नागरिकलाई रकम भुक्तानी दिन निश्चित आशंकाकै कारण रोक्नु गलत रहेको ठहर गर्दै बैठकले यसलाई सरलीकरण गरेर कोरोना बीमितलाई भुक्तानी दिलाउन माग गरेको छ ।

बैठकले कृषि उत्पादनमा विशेष जोड दिनै पर्ने विद्यमान परिस्थितिमा कृषि उत्पादनका लागि कृषकको हित केन्द्रित विशेष परियोजना निर्माण र लागू गर्न सरकार समक्ष माग गरेको छ । त्यसैगरी कोरोनाले कष्टकर स्थितिमा पुगेका आंशिक प्राध्यापकहरुसँग अविलम्ब वार्ता गरेर समाधानमा पुग्न बैठकले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE