पश्चिम नवलपरासी । सुस्ता क्षेत्रमा सीमास्तम्भ नहुँदा भारतले कुल भुभागको करिब एक तिहाइ भूमि अतिक्रमण गरेको छ भने बाँकी भूमि विवादित भएकाले स्थानीयले जोतभोग गर्न पाएका छैनन्। यसले गर्दा सुस्ताबासीको अधीनमा चार भाग भूमिको एक भाग मात्रै बचेको छ।
सिमास्तम्भ नहुँदा सिमलको रुखलाई सीमास्तम्भको रुपमा लिइ, भारत र नेपालतर्फको भूभाग छुट्याइएको छ। २०६० सालमा सिमासम्बन्धी विवाद उठेपछि पाँच वर्षपछि २०६५ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनाल नेतृत्वको टोली र भारतीय अधिकारीबीच सहमतिमा सिमलको रूखलाई आधार मानेर सिमा छुट्याइएको थियो।
सिमलको रुखको पश्चिमतर्फको भूमि नेपालमा, पूर्वतर्फको भूमि भारतमा पर्ने गरी सिमाको बाँडफाँड गरिएको हो। तर भारतले विवादित भूभाग आफ्नो कब्जामा लिएर जोतभोग गरिरहेको छ। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार, तत्कालीन अवस्थामा भारतीय एसएसबीले पटक–पटक दबाब दिँदै आएपछि सहमतिमै लालपुर्जा सहितको भूमिलाई विवादित मानिने र जोतभोग नगर्ने सर्त राखिएको थियो।
प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले भने, “सिमलको रुखलाई सीमास्तम्भ मान्दा विवादित भूभाग भारततर्फ गएको हो।” सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँका अनुसार, उनीसहितका स्थानीयले आफ्नो हातमा लालपुर्जा भए पनि भूमि जोतभोग गर्न पाएका छैनन्। खाँको सिमलको फेदमुनिबाट भारततर्फ करिब २ बिघा जमिनमा यसवर्ष पनि भारतीयले तोरी खेती गरेका छन्।
सुस्ताको कुल क्षेत्रफल करिब ४०,९८० हेक्टरमध्ये भारतले १४,००० हेक्टर अतिक्रमण गरेको छ। १९,४८० हेक्टर विवादित मानिने भएकाले जोतभोग गर्न अनुमति छैन। यसैले स्थानीयले जम्मा ७,५०० हेक्टर मात्र जोतभोग गर्दै आएका छन्। सुस्ता बचाउ अभियानले रुखलाई सीमास्तम्भ मानिनुपर्ने र यस विषयमा सरकारको ध्यानाकर्षण आवश्यक भएको बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: