काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पुगे। उनी अदालतको अवहेलना मुद्दामा तोकिएको पेसीको तारिख बुझ्न सर्वोच्च पुगेका हुन्।
बालेन झापा–५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहित अन्य उम्मेदवारहरू छन्। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन अहिले देशव्यापी चुनावी अभियानमा सक्रिय छन्।
मधेसको चुनावी दौडाहाबाट बुधबार साँझ सिमरा विमानस्थलमार्फत काठमाडौं फर्किएका बालेन बिहीबार दिउँसो सर्वोच्च पुगे। ‘एनेक्स बिल्डिङ’को साँगुरो भित्री बाटो हुँदै नयाँ भवनको भुइँतल्लामा रहेको २१ नम्बर मुद्दा फाँटमा पुगे। उनी २:०५ बजे अदालतमा प्रवेश गरेका थिए।
यो मुद्दा बालेनले उच्च अदालत पाटनको आदेश नमान्ने अभिव्यक्तिसँग सम्बन्धित छ। पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म रोक्न नहुने अन्तरिम आदेश जारी गरेपछि तत्कालीन मेयर बालेनले सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्तिका कारण अधिवक्ता वर्षा कुमारी झाले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेकी थिइन्। बालेनले फेसबुकमा भनेका थिए, “सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन।”
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले बालेनको वारेश माग अस्वीकार गरेको थियो र मुद्दामा स्वयम् उपस्थित हुनुपर्ने निर्देशन दिएको छ। अदालतका अनुसार बालेनको अवहेलना मुद्दाको पेसी १२ चैतमा तोकिएको छ।
सर्वोच्चले आदेशमा भनेको छ कि, “विषयको गम्भीरता अनुसार बालेन्द्र शाहलाई मुद्दामा स्वयम् उपस्थित गराई पुर्पक्ष गर्नु आवश्यक छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: