Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पत्रकारको नक्कली परिचयपत्र बनाएर दुरुपयोग

काठमाडौँ । पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न जारी गरेको निषेधाज्ञको समयमा पत्रकारलाई समाचार सङ्कलनका लागि दिइएको छुटको दुरुपयोग गर्न यसरी नक्कली परिचयपत्र बनाउनेदेखि नक्कली पत्रकार बन्नेहरु बढ्न थालेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

केही दिन अघि ललितपुरमा प्रेस लेखेको ज्याकेट लगाएर एक हातले क्यामेरा समाउँदै एक हातले प्रहरीलाई ढुङ्गा हानिरहेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनलाई तत्कालै पक्राउ गरेर प्रहरीले कारवाही थालेको छ । प्रहरीका अनुसार पत्रकार नभएका व्यक्तिले पनि गाडीमा प्रेस टाँसेर हिँड्ने गरेको भेटिएको छ ।

मङ्गलबार पनि काठमाडौँको बागबजारमा पत्रकारको परिचयपत्र नक्कली बनाउँदै गरेको अवस्थामा केही व्यक्ति पक्राउ गरेको थियो । यस्ता गतिविधि बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । सामाजिक सञ्जालमा आएका जथाभावीका सूचना प्रवाह गरेर र यूट्यूबमा आएका सामग्रीलाई हेरेर मानिसले पत्रकारका विषयमा नकारात्मक धारणा बनाउने गरेका छन् । यस्ता घटनाले वास्तविक पत्रकार प्रभावित हुँदै आएका छन् । पत्रकारप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन हुने भन्दै पत्रकार महासङ्घले त्यस्ता गतिविधि रोक्न सरकारसँग अनुरोधसमेत गर्दै आएको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले नवलपरासीका लक्ष्मण न्यौपानेले बागबजारमा सञ्चालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रालिमार्फत विभिन्न व्यक्तिको नामबाट अस्पतालका कर्मचारी र पत्रकारको नक्कली परिचयपत्र बनाई प्रतिकार्ड रु ५०० भन्दा बढीमा बिक्री वितरण गर्ने गरेको फेला परेको जानकारी दिए ।

प्रहरीले न्यौपानेसहित बर्दिया घर भई कोटेश्वर बस्ने श्रीराम खड्का, नवलपुरासी सुस्ता पूर्व कावासोती घर भई काठमाडौँ भीमसेनगोला बस्ने रमेशकुमार रेग्मी, स्याङ्जा जगत्रदेवी घर भई हाल धापसी बस्ने राजेन्द्रराज भण्डारी रहेको थापाले जानकारी दिए । उनीहरुलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको छ । उनीहरुबाट विभिन्न मिडिया, अस्पताल र प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र तथा परिचयपत्र बनाउन प्रयोग हुने उपकरण बरामद गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: